पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए ।
५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय बैठक बसेर मतगणना थाल्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेलबीच मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र मतगणनाको तयारी भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु