नागरिक रैबार/बाजुरा १३असोज। भदौ १६ गते देखि बेपत्ता भएका जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मार्तडी गैरीबजारका २४ वर्षिया लालबहादुर विक एक महिना पछि शकुसल फेला पारेका छन् । भारतको पन्जबमा विकलाई शकुसल फेला पारेको आभाश बडुवालले बताएका छन् ।
नेपाल तरुण दल भारत गजियाबद सक्रिय सदस्य टेक बडुवाल र आभाश बडुवालकाे पहँलमा बिकलाइ फेला पारेकाे हाे । भारतका विभिन्न ठाउँमा खोजी गरेपनि नभेटाएका बिक आज भारतको पन्जाब भन्ने ठाउँमा एक्लै पसलकाे ढाेका बाहिर बसेको भेटाएको बडुवालले बताए । बडुवालले घर कहाँ हो भनेर सोधेको र बेपत्ता विकले आफ्नो परिचय दिएपछि सामाजिक सञ्जाल मार्फत आफुले जानकारी गराएको बताएको छ ।
टाउकोको उपचारका लागि भदौ डेढसाता अघि बाजुराबाट भारत गएका विक भदौ १६ गते सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएका थिए । भदौ १६ गते सोमबार दिउसो ४ बजेतिर नास्ता खान्छु भनेर दिल्लीको महेन्द्र पार्क्तिर एक्लै गएका थिए ।
त्यतिबेला बेपत्ता भएका विक सोमबार दिउसो पन्जाबमा फेला परेका हुन तिन वर्ष अघि दिल्लीको महाविर अस्पतालमा जानका लागि साईकलमा यात्रा गरिरहेका बेला विपरित दिसाबाट आएको होण्डाइ कारले ठक्कर दिएर विकको टाउकोमा गहिरो चोट लागेको थियो भने विकसंगै रहेका बडीमालिका नगरपालिका ९ चौराटाका रामबहादुर विकको घटनास्थलमै मृत्यु भएको थियो । कारको ठक्करबाट टाउकोमा गहिरो चोट लागेपछि विक विभिन्न पटक टाउकोको उपचार गर्न भारतमा जाने गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु