होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा पनि भव्यताका साथ धान दिवस मनाईयो (फोटोसहित)
Breaking News

बाजुरामा पनि भव्यताका साथ धान दिवस मनाईयो (फोटोसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा पनि भव्यताका साथ धान दिवस मनाईयो (फोटोसहित)

नागरिक रैबार/बाजुरा १५ असार । बाजुरामा धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘खेतमा जाउँ धान रोपौं, अर्गानिक उत्पादन बढाऔं’ भन्ने मुल नारासहित बाजुरामा पनि धान दिवस भव्य रुपमा मनाईएको हो ।

कृषि ज्ञान केन्द्र, त्रिवेणी सहकारी संस्थाको सयुक्त आयोजनामा उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको हो ।


यसैको अवसरमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवाला निकायहरुको सहभागितामा आईतबार दहि चिउरा खाएर जिल्ला सदरमुकाम मार्तडीमा बाजागाजा सहित बजार परिक्रमा गरेर मार्तडीको गडखेतमा गएर धान रोप्दै हिलोमा खेल्दै धान दिवस मनाईएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताएका छन् ।


नेपालमा २०६१ सालदेखि औपचारिक रुपमै मनाउन थालिएको धान दिवस यसपटक १६औँ दिवस हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै