नागरिक रैबार/बाजुरा १३ मंसिर । चिसो छल्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको गौमुल गाउँपालिका ३ माझपालीमा रहेको बालविकास माध्यायिक विद्यालयका विद्यार्थीहरुलाई रातो बंगला फाउन्डेसनद्धारा चिसो छल्न न्यानो लुगा वितरण हो ।
दुर्गम विद्यालयमा रहेका बालवालीकाहरुलाई चिसोबाट जोगाउनको लागि रातो बंगला फाउन्डेसनको सहकार्य र ‘माया र न्यानो बाडौ’ भन्ने गैर सरकारी संस्थाको आयोजनामा विद्यालयका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको रातो बंगला फाउन्डेसनका निर्देशक ईसा थापाले बताउनुभएको छ ।
हिउँदे सिजनमा पहाडी जिल्लामा बसोवास गर्न विद्यार्थीहरुलाइ निकै चिसो हुने भएकाले फाउन्डेसनले विद्यार्थीहरुका लागि २ लाख बराबरको ३ तिन सय ७३ स्कुल पोषाक सुइटर वितरण गरेका छन ।न्यानो लुगा दलीत विपन्न परिवारका विद्यार्थीहरुलाइ वितरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजिव रोकायाले बताउनुभएको छ । चिसो मौषमको समयमा विद्यार्थीहरुलाई जाडोबाट बच्नका लागि आफूले रातो बंंगला फाउन्डेसन संग सहकार्य गरेर फाउन्डेसनले २ लाख बरावरको विद्यार्थीहरुलाई न्योनो लुगा दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकायाको भनाई रहेको छ ।
फाउन्डेसनले विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा लगाउने न्यानो लुगा पाउँदा विद्यालयमा नियमीत आउनुका साथै विद्यार्थीहरु रातो बंगला फाउन्डेसन प्रती निकै खुसी भएका छन ।’ कक्षा १० मा अद्ययनरत दमन धामीले चिसो मौषमको समयमा आफूहरु विद्यालयमा उपस्थित हुन निकै समस्या हुने गरको थियो अब भने – ‘रातो बङ्गगला फाउन्डेसनले आफूहरु जस्तै विपन्न विद्यार्थीहरुलाई चिसोको मौसमा न्यानो लुगा वितारण गरेको हँुदा आफू निकै खुसी भएका छौ ।
विद्यार्थीहरुले चिसोको मौषमा न्यानो लुगा पाए पछी अहिले विद्यार्थीहरु स्कुलमा नियमीत आउने गरेको धामीको भनाई रहेको छ । बालविकास माध्यामिक विद्यालय कक्षा १ देखि १२ कक्षा सम्म संचालन गरिहेका छन ।
चिसोकै कारण विद्यालयमा विद्यार्थीहरु कम आउने गरेका छन । विद्यालय जिल्ला सदरमुकाम मार्तडीबाट दुइ दिनको पैदल दुरीमा रहेको छ । विद्यालयका प्रअ हिराचन्द्र बरालले भने रातो बंगला फाउन्डेसनले विपन्न परिवारका बालवालीकाहरुलाई न्यानो लुगा वितरण गरी विद्यार्थीहरुलाई चिसोबाट जोगाएको हुँदा आफूहरु निकै खुसि भएको बताउनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु