होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी–गौमुल ग्रामिण सडक संचालन
Breaking News

मार्तडी–गौमुल ग्रामिण सडक संचालन

  • नागरिक रैबार
मार्तडी–गौमुल ग्रामिण सडक संचालन

नागरिक रैबार/बाजुरा १२ असोज।
वर्षातका कारण आसिंक रुपमा बन्द भएको मार्तडी– गौमुल ग्रामिण सडक संचालनमा आएको छ । पहिरोका कारण आसिंक रुपमा अवरुद्ध बनेको सो सडक मर्मत गरिएपछि शनिबारबाट नियमित संचालनमा आएको हो ।

सडक खुलेसँगै सदरमुकाम मार्तडीको ठुलीसाँगु खोलादेखि गौमुलको घट्मुना सम्मको सडक संचालनमा आएपछि आवत जावत गर्न सजिलो भएको बडीमालिका २ का स्थानीय नृप विकले बताएका छन् ।

सडक संचालनमा आएपछि दैनिक जीप सेवा र मालबहाक ट्याक्टरहरु संचालनमा आएका छन् ।वर्षातको समयमा सडक अवरुद्ध भएपछि बडीमालिका १, २ र गौमुल गाउँपालिकाका स्थानीयहरुलाई दैनिक आवत जावतमा समस्या भएको थियो ।

विज्ञापन

पुर्वाधार विकास कार्यालय अछामकाे पहलमा सडकमा डोजर लगाएर खसेको पहिरोलाई हटाएपछि यातायात संचालनमा आएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

मार्तडीको बाहुली खोलाको वहाबले जिल्ला सदरमुकाम मार्तडी सम्म भने यातायात संञ्चालनमा आउन सकेको छैन् । बाहुली खोलाको बहाव घटेपछि सदरमुकाम मार्तडी सम्म सवारी साधान संञ्चालन हुने गाउँपालिका उपा–अध्यक्ष थापाले बताईन् ।

सडक अवरुद्ध भएपछि खाद्यन्नको लागि ४ घण्टाको पैदल दुरी हिँडेर सदरमुकाम मार्तडी आउनु पर्थाे अव सडक सुचारु भएपछि आफुलाई केही राहत भएको स्थानीय प्रेम सार्कीको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै