पञ्चतत्व पृथ्वी, आकाश, जलवायु र अग्नीले बनेको यस व्रह्माण्डको उत्पतिसंगै विभिन्न कालखण्ड पार गर्दै प्राणी जगत जलचर, थलचर र बायुपंक्षीको उत्पति र मुख्य गरी थलचर प्राणीको विकास बाँनर, ढेडुबाँनर, बनमान्छे, अर्ध–बनमान्छे हुँदै मान्छेसम्म आईपुग्यो आजको सर्वश्रेष्ठ प्राणि मानव ।
आदिमकाल देखि प्रकृति र मानव विचको संघर्ष र श्रमले आजको विकसित मानवको प्राप्ती सम्भव भएको हो । संघर्षकै फलस्वरुप चार हातखुट्टाले हिँड्ने मानिस दुइ खुट्टाले हिँडन थाले, पुच्छर हराएर गयो ।
कन्दमुल, भ्याकुर, तरुल, गिठा खान छोडेर अन्नको उत्पादन गरि खाना खान थाले रुखका बोक्रा लगाउन छोडेर लुगा लगाउन थाले । गुफा र ओढारमा बस्न छाडेर सुरक्षित घरमा बस्न थाले ।
असंगठितपन हटाएर संगठित भएर बस्न थाले । पशु वस्तु झै कराउने बाट भाषाको विकास गरे । ढुंगा र काठका भुत्रेबाट आधुनिक हातहतियारको विकास गरे । आगोलाई हातहतियार, ताप्न र खाना पकाउन प्रयोग गरे ।
माटोका भाँडा– कँुडा र पैशाबाट धातुका भाँडा–कुँडा, पैशा र कागजी नोटको विकास गरे आदि ।
पुर्खाहरुको संघर्षको उपज आजको हाई–टेक्नोलोजी (उच्च प्राविधिक) विकास हो । प्राचिन युगमा शिक्षाका रुपमा कुनै लेन–देन हिसाव राख्न काठका छेस्का भाँच्ने, जमिनमा धर्का कोर्ने, चराचुरुङ्गीका प्वाँखलाई कलम बनाई भुजपत्रमा कमेरोले लेख्ने, ढुंङ्गामा लेख्ने, काठमा लेख्ने, हातका औँला भाचेर गन्ने आदी–आदि गर्थे ।
प्राचिन (ढुङ्गेयुग) युगबाट जव मानिस दासयुगमा प्रवेश गर्यो तब सामुहिकताबाट निजि सम्पति बनाउँन, सामुहिकबाट एकल विवाह गर्न थाले सामुहिक बसाईबाट कविला (परिवार) मा बस्न थाले ।
आफ्नो सम्पति वा वर्चस्व बचाउन दास मालिकहरुले राज्य सत्ताको स्थापना गरे । राज्य सत्ताका अंगहरु कार्यपालिका(सरकार), न्यायपालिका (अड्डा–अदालत) र व्यवस्थापिका (संसद) को स्थापना गरे ।
तत्कालिन सासकहरुले नियम, निति र ऐन कानुन आफु अनुकुल बनाए । जसको कारण दुरुपयोग गरी आफु अनुकुल भोगचलन गर्न सकियोस । जस अन्र्तगत शिक्षा नितिपनि आफु अनुकुल बनाईयो, आफ्नो जय–जयकार गर्न आफ्नो गुणगान गाउन र आफ्नो प्रशंसा गर्न ।
नेपाली शिक्षा निति पनि त्यसको उदाहरण हो । नेपाली शिक्षा निति हेर्दा १०३ वर्षे जहाँनीय राणाशासन, ३० वर्षे निरङ्कुस पन्चायति कालखण्ड र २३८ वर्षे राजतन्त्रका हिमायतिहरुले आफुअनुकुल शिक्षा निति बनाए, आफ्नो सन्तानहरु महङ्गा र सुविधासम्पन्न विद्यालयहरुमा पढाउने र गरिवका छोराछोरीहरुले त राणाशासनकालमा पढ्न समेत पाउँदैनथे ।
देश परिवर्तनमा भएका तमाम प्रजातान्त्रिक आन्दोलनको उपलव्धि स्वरुप किसान मजदुरका छोराछोरीहरुले पढन–लेख्न पाउने व्यवस्थाको अधिकार पाएपनि दिशा र गन्तव्य विहिन शिक्षा, धुँवा र धुलोले भरिएका सरकारी विद्यालय पढ्ने द्धैद शिक्षा निति लागु गरियो ।
पाठ्यक्रममा राजा–रानीहरुका फोटाहरु टाँसेर देशैभरि गरिवका छोराछोरीहरुले हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भनेर घोक्न लगाईयो । घोकन्ते र रटन्ते शिक्षा लागु गरियो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको नाममा राजतन्त्र अनिवार्य मान्नै पर्ने र पढ्नै पर्ने विषय बनाईयो । राष्ट्रिय गानमा श्रीमान गम्भिर…. राष्ट्रिय गान मार्फत राजालाई गम्भिर, प्रचण्ड, प्रतापी, भुपतीको उपमा दिएर भगवान् विष्णुको अवतारको रुपमा पुज्न बाध्ये बनाईयो । बोडिङ्गका नाममा नाङ्गले बसलको रुपमा शिक्षालाई किनवेच गर्न थालियो ।
गुणस्तरीयताका नाममा चर्को र अनियमित शुल्क उठाई शिक्षालाई व्यापारिक केन्द्र बनाईयो । सरकारी विद्यालयका नाममा नत समयमै पाठ्यक्रम विद्यालय पुग्छ्न नत योग्य तालिमप्राप्त विषयगत शिक्षकको व्यवस्था हुन्छ । मावि स्तरको शिक्षा हाँसिल गर्दै गरेको विद्यार्थीलाई बावु तिमी भविष्यमा के बन्ने भनेर सोध्दा उनको उत्तर हुन्छ, थाहा छैन् । यस्तो दिशा उद्देश्य र गन्तव्य विहिन शिक्षा छ । मानांै नेपाली शिक्षानिती आकाशमा महल बनाउने र नेपाली विद्यालयको वेरोजगारी पल्टन तयार पार्ने कारखाना बनेका छन् । शिक्षाको ज्योति बाल्ने स्थान विद्यालय र शैक्षिक दियालो सल्काउने व्यक्ति शिक्षक हुन् ।
प्रायःजसो सामाजिक कुलत, दुव्र्यसनी, विकृति र विसंगतिको अखडा अधिकांस विद्यालय र शिक्षक बन्ने गरेको पाईएको छ । कृषि प्राधन देशमा संस्कृत शिक्षा अनिवार्य बनाईएको थियो । नेपाली विद्यार्थीहरु आधुनिक कृषि प्रणालीको कुरै छाडांै खाना पकाउने र घरमा सघाउने सम्मको काम गर्दैनन् जसको एउटै कारण हो व्यवहारिक नभई सैद्धान्तिक शिक्षा, विद्यार्थीहरुले राजनीति गर्नुहुन्न भन्ने नाममा शिक्षा भित्र अव्यवहारिक र काल्पनिक विषयवस्तु राखिएका छन् । अन्याय र अत्याचार सहेर बस्न र दासत्व ग्रहण गर्न सिकाईएको छ । व्यवहारिक र कामयावी शिक्षाको खाँचो छ । प्राविधिक शिक्षाको अभाव छ । सभ्य र सु–संस्कृत हुन सिँकाईदैन, कृषि प्राविधिक, भुगोल, मानवसमाज र गरिविबाट माथि उठ्न आयमुलक शिक्षा पढाईदैन । हुने खाने र गरिवका छोराछोरीहरुविच असमानताको खाडलको दुरी दिन प्रतिदिन बढ्दो छ ।
समग्र नेपाली शिक्षा नितीको बैज्ञानिक र बस्तुबादी पुनःमुल्याङ्कन र नयाँ परिवर्तित शिक्षा नितिको निर्माण र कार्यान्वयन हुन आवश्यक मात्र होईन अनिवार्य बनिसकेको छ ।
देशमा चलेका सवै प्रकारका प्रगतिशिल, न्याय पुर्ण लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलन संगै बदलिएका राज्य व्यवस्था (सरकार) ले शिक्षा क्षेत्रमा नयाँपन दिईरहेका छन् । विगत अढाई दशकयता चलेको दशवर्षे जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन–२ र मधेश आन्दोलनको संघर्षले एकात्मक केन्द्रिकृत सामन्ती तथा निरङ्कुस राजतन्त्रको अन्त्यष्टि भई संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै गणतन्त्र, संघियता धर्म निरपेक्षता, समावेशीता र समानुपातिक व्यवस्था सुनिश्चित भएको नयाँ संविधान देशले पाएको छ ।
पहिलोपटक नेपाली जनता सार्वभौसत्ता सम्पन्न भएका छन् । गरिवका छोरा– छोरी राष्ट्रप्रमुख र संवौधानिक प्रमुख भएका छन् । पुरानो राष्ट्रियगानको ठाउँमा नयाँ राष्ट्रिय गान आएको छ । पाठ्यक्रमबाट राजपरिवारका फोटा र स्तुतिहरु हटाईएका छन् ।
आधारभुत कक्षा देखि नै अंगे्रजी र कम्प्युटर शिक्षाको व्यवस्था गरिएको छ । व्यवहारिक र कृषि पाठ्यक्रम थएिका छन् । बालमैत्री शिक्षाको प्रयोग गरिएको छ । विद्यार्थीलाई गोरु पिटेझैँ होइन् मनोविज्ञान जितेर पढाउनु पर्छ भन्ने संस्कारको विकास भएको छ, जस्ता थुप्रै कुराहरुमा परिवर्तन आएको छ ।
विषेशतः नेपाली शिक्षा निती, कार्यान्वयन पक्ष र उत्पादित जनशक्ति हेर्दा प्रोफेसर, शैक्षिक अभियान्ता, बैज्ञानिक, चिकित्सक, पाईलट, ईन्जिनियर, कृषि, वन, पशु, शिक्षा र स्वास्थ्य लगायत विभिन्न क्षेत्रका प्राविधिकहरुको ठुलो तप्काको उपस्थिति तथा विज्ञान र प्रंविधिको उच्चतम् प्रयोगले विश्व भु–मण्डलीकरणद्धारा विश्वलाई एउटा कम्प्युटरमा नियाल्न सकिने विकासक्रम हेर्दा गुणात्मक फट्को मारेको सकारात्मक पक्ष त छदैछ तथापी हिजो धुलो, धुँवा र हिलोमा खेल्ने परिस्थितिबाट आज सूचना, संचार र प्रविधिको विकासले कम्प्युटर, ईमेल, ईन्टरनेट र हात–हातमा मोवाईल खेल्ने ठाउँमा आईपुग्दा उत्तर आधुनिकताबादको उपजको रुपमा विद्यार्थीहरु पत्रपत्रिकाहरुमा छाडा, नग्न तस्विर र छाडा कुराहरु हेर्ने, प्रत्येक विद्यार्थीको हात–हातमा मोवाइल हुँदा मोवाईलमा अश्लिल तस्विर र चलचित्रहरु हेर्ने, सानो उमरमै फोनबाट विवाहको तयारी गर्ने, मध्यपान तथा धुम्रपान जस्ता कुलत तथा दुव्र्यसनी सेवन गर्ने, खन्टे, चुल्ठे र मुन्द्रे बन्ने, कपडाहरु ठिक तरिकाले नलगाउने, अनुशासनको सिमा भित्र नवस्ने, घरमा नसघाउने, पढ्ने भन्दा खेल्ने र गलत व्यवहार चलाउने जस्ता विकृति र विसंगतिले गर्दा राष्ट्रका कर्णदार र भविष्यका गहना भनिने आजका कलिला युवा विद्यार्थीहरुको व्यवहारमा परिवर्तन र सव्य तुल्याउन प्रत्येक शिक्षक अभिभावक र सचेत विद्यार्थीहरुले ठुलो सामाजिक जागरण ल्याउन आवश्यक भएको छ ।
अवको शिक्षाले व्यवहारिक, वैज्ञानिक, रोजगारमुखी, आत्मनिर्भर, स्वदेश निर्माण, देशभक्ति, स्वस्थ र सभ्य समाज निर्माणको परिकल्पना गरेको छ र गर्नुपर्छ ।
समाज रुपान्तरणको सूरुवात हरेक सचेतजनहरुबाट हुन जरुरी छ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ ले मौलिक हक र कर्तव्य अन्तरगत प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक, प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य निशुल्क तथा माद्यमिक तह सम्मको शिक्षा निशुल्क पाउने हक, दृष्टि विहिन नागरिकलाई बे्रनलीपी तथा बहिरा र स्वर वा बोलाई सम्वन्धि अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक, नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृ भाषामा शिक्षा पाउने त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक सुनिश्चित गरेको छ ।
नेपाली संविधानले उल्लेख गरे बमोजिम राज्यले शैक्षिक कानुन हरेक नागरिकलाई अपनत्व र प्रत्याभुति हुने गरी कार्यान्वयन तहसम्म लैजान जरुरी छ । सरकारी तथा गैरसरकारी विद्यालयको रेखदेख, निरिक्षण र अनुगमनको पाटोलाई जोडदिन आवश्यक छ । सरकारी विद्यालयहरुमा भईरहेको समयमै पाठ्यक्रम नपुग्ने, शिक्षक शैक्षिक परिणाममुखी नभई तलबमुखी बन्ने जस्ता लापरवाहीको अन्त्य गर्नु र गैरसरकारी विद्यालयहरुमा देशभरी विभिन्न शुल्कका नाममा भईरहेको चर्को आर्थिक संकलन कार्यमा एकरुपता र सहजता ल्याउन जरुरी छ ।
निष्कर्षमा भन्न सकिन्छ ः अन्धकारपूर्ण समाजमा शैक्षिक दियालोले नै उज्यालो ल्याउन सकिन्छ । आजको ईमेल–ईन्टरनेटको युग पनि शिक्षाको उच्चतम् प्रयोगको उपज हो । शैक्षिक संस्थाहरु “तीनको एक” सिद्धान्त अर्थात शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त सहकार्यमा शैक्षिक शुद्धता र गुणस्तरीयता प्राप्त गर्न सम्भव छ ।
शैक्षिक परिवर्तन र युग सुहाउँदो समाज निर्माणको संकल्प गर्दै मन, बचन र कर्मले हरेक नागरिकले सकारात्मक कदम चालौं, जसले स्वर्णीम समाज निर्माण गर्नेछ । नेपाली शिक्षा क्षेत्र भित्रका उपलव्धीहरुको रक्षा, प्रयोग र विकास गर्दै, विकृतिको निवारण गर्नु हाम्रो दायित्व र कर्तव्य हुनेछ ।
लेखकः नेकपा बाजुराका युवा नेता हुनुहुन्छ ।
फेसबुक प्रतिक्रियाहरु