होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेसवाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश
राजनीति

कांग्रेसवाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

  • नागरिक रैबार
कांग्रेसवाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

मंसिर ११, २०७६ बैतडी : स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेको गिरीको भनाइ छ। नवप्रवेशीहरुलाई  नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीलगायतका नेताले स्वागत गरेका थिए।  यसैबिच उक्त चुनावी सभालाई सम्बोधन गर्दै  नेकपाका सुुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री जोशीले बैतडीको पुर्चौडी क्षेत्रमा एक वर्षभित्रै विद्युतीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

पुर्चौडी क्षेत्रमा अस्पताल स्थापनाका लागि पनि सरकारले पहल गर्नेछौं।  उनले भने सरकारले अहिले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अगाडि बढीरहेको छ, विकासका आधारभूत कुरामा नागरिकको पहुँच पुर्याउन सरकारले पुर्याउछ।”

विज्ञापन

चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपाका पक्षमा मतदान गर्न पनि आह्वान गरे। चुनावी सभामा नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, नेता परमानन्द भट्टलगायतको सहभागिता रहेको थियो। नेकपाले मंसीर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै केन्द्रिय नेताको सहभागितामा चुनावी सभा गर्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि