चितवन । संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै प्रदर्शनमा पक्राउ परेका ४८ जनालाई आज रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।
शालिकराम पुडासैनी मृत्यु प्रकरणमा संचारकर्मी लामिछाने र कँडेललाई गत साउन ३० गते न्युज २४ को कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा विगत १२ दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको थियो ।
फेसबुक प्रतिक्रियाहरु