होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • डिएसपी भाट कानुन विपरित काम गर्छन् : सभापति पण्डित
देश/प्रदेश

डिएसपी भाट कानुन विपरित काम गर्छन् : सभापति पण्डित

कानुन विपरित काम गर्ने कसैलाइ छाेड्दिन: डिएसपी भाट

  • नागरिक रैबार
डिएसपी भाट कानुन विपरित काम गर्छन् : सभापति पण्डित

नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् ।

प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् ।

बाजुरामा डिएसपी भाटले आस्था र बैचारिक विचारका आधारमा विभिन्न आरोपितहरुलाई हिरासत भित्रै केरकार गर्ने गरेको सभापति पण्डितले आरोप लगाएका हुन् । यसरी बाजुराका डिएसपी भाटले आफ्नो मर्यादा भुलेर कानुनको चरम उल्लंघन गरिरहेकोले  आगामी दिनमा सुधारिनु पर्नेछ पण्डितले भने ।

विज्ञापन

अर्को प्रशंगमा बोल्दै पण्डितले भने प्रहरी प्रशासन भनेको सवैको साझा संगठन हो तर प्रहरी प्रशासन भित्रै काम गर्ने “रक्षक नै भक्षक” भएपछि जनताले कसरी शान्ति सुरक्षाको प्रत्याभुति गर्न सक्छन ?
डिएसपी भाटले यदी बाजुरामा कानुनको सहि सदुपयोग गरेर सवै आरोपितहरुलाई कानुन अनुसारको कारवाही गर्ने हो भने नेपाली काँग्रेसले पनि साथ दिने छ तर बैचारिक विचारका आधारमा कसैलाई केरकार गरेर कानुनी कारवाही गरियो भने आफुहरुलाई सैह्य हुँदैन् पण्डितले भने ।

यता प्रहरी प्रमुख डिएसपी भाटले भने बाजुरामा आफुमाथि लगाएका सवै आरोपहरु झुटा भएको र जिल्लामा कानुन विपरित काम गर्ने सबैलाई कानुनी प्रक्रिया अन्तरगत नै कारवाही गरिरहेको बताएका छन् । आगामी दिनमा पनि कानुन विपरित काम गर्ने जाे कोहीलाइ पनि  नछाेड्ने डिएसपी भाटले बताएका छन् ।

 प्रेस युनियनका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्री प्रसाद पाण्डे प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको संचालन प्रेस युनियनका सचिव प्रसान्तराज जोशीले गरेका थिए । कार्यक्रममा २० बढी पत्रकारहरुको सहभागीत रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै