नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ ।
आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका हुन् ।
लामो समयदेखि समाज सेवा र राजनीतिमा सक्रिय विष्टकोे जीवन दुई वर्षमा अर्को परिचय थपियो– बीमा अभिकर्ता । २०७४÷७५ को आर्थिक वर्षदेखि जीवन बीमा अभिकर्ता पेशामा आवद्ध भएकी विष्ट आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा ऐजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् ।
राजनीति र समाजसेवामा लामो संघर्ष गरेकी विष्टको जीवनमा पार्ट टाईम व्यवसाय बीमा अभिकर्ताको व्यवसायले जीवनलाई नयाँ उचाईमा त पुर्याएको छ नै अन्य बीमा व्यवसायमा लागेकाहरुको लागि सफल उदाहरण समेत बन्न सफल भएकी छिन् । विद्यालयस्तर देखि नै पार्टी, संघ र संगठनमा जोडिन रुचि राख्ने विष्ट पेशाले राजनीतिज्ञ हुन् ।
उनी बडीमालिका नगरपालिकामा हाल उपप्रमुख समेत रहेकी छिन् । थुप्रै मानिसहरुले राजनीतिलाई होलटाईमरको रुपमा बुझ्दै गर्दा विष्ट भने जनताको सेवा निस्वार्थ भावले गर्ने हो भने आर्थिक रुपमा सवल हुनुपर्ने धारणाका कारण पार्ट टाईमको रुपमा बीमा अभिकर्ताको काममा अंगाल्न पुगेकी थिईन ।
यी र यस्तै विभिन्न धेरै संस्था अनि संगठनमा जोडिएकी विष्ट बीमा अभिकर्ता काममा एक सफल तथा उत्कृष्ट अभिकर्ताका रुपमा चिनिन्छिन् । अरु क्षेत्रमा आवद्ध भए पनि बीमा अभिकर्ता पेशामा उनी जम्न सफल भएकी छिन् ।
“धेरै क्षेत्रमा आवद्ध भए पनि म यो पेशामा जम्न सफल भएको छु, आफुमा भएको बीमाको ज्ञान अरुलाई दिन पाउँदा खुशी छु, विष्ट भन्दछिन् ।
सामाजिक कार्य, राजनीतिमा लागेका व्यक्तिले आफ्नो व्यक्तिगत जीविकोपार्जन केही न केही कार्यमा आबद्ध भएर गर्न सकेमा निस्वार्थ रुपमा जनताको सेवा गर्न सकिने विश्वास व्यक्त गर्द्िछन् ।
जीवन बीमाबाटै विष्टले अहिले केही आम्दानी गर्छिन् । र जुन कम्पनीमा गरे पनि विश्वाशिलो कम्पनीमा विमा गराउन सर्वसाधारणलाई आह्वान गरेको कुरा उल्लेख गरिन् ।
यस क्षेत्रमा प्रवेश गरेको एक महिना मै मोटरसाईकल चढ्ने अवसर पाएकी विष्टमा झन् झन् यही बिमा अभिकर्तामा रम्न मन लागेपछि अहिले व्यवस्थित हुन सफल भएको विष्ट अनुभव सुनाउछिन् ।
विमा कम्पनिबाटै जीवनमा सहजता पुग्दा उनले राजनीति र समाज सेवालाई समेत प्रभावकारी भूमिका निभाउने बताउँदै आएकि छिन् ।
बीमा अभिकर्ता पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने लागेर नै आफु यो पेशामा आवद्ध हुन् पुगेको विष्ट बताउछिन् । उनी पहिले देखि नै यो पेशामा आउन चाहन्थिन् । तर समय परिस्थिति नमिलेरै होला उनी अलि पछि मात्रै यो पेशामा जोडिन पुगेको बताइन् ।
पछिल्लो समय बीमा कम्पनीहरु थपिएसँगै विष्टलाई यो पेशामा आउन सहजता मिल्यो । नयाँ कम्पनीहरु धमाधम बजारमा आएसँगै विष्ट पनि बीमा कम्पनीमा आवद्ध भईन् । त्यस्तैै समाजमा कहिले काहीँ फुर्सदको समयमा विमा सम्बन्धि पनि जनचेतना दिने गरेको उहाँले बताउनुभएको छ ।
शुरुमा त यो काम उनलाई कहाँ सहज थियो र ? आफ्नै आफन्तले पनि बीमा बारे नकारात्मक धाराणा राखेको उनीसँग तीतो अनुभव छ । ‘शुरुमा त मलाई यो पेशा गार्हो लाग्यो, पछि काम गर्दै जाँदा, मान्छेहरुसँग बीमा पोलिसीको बारेमा डिल गर्दा, बीमाको बारेमा आफुले जानेका कुराहरु बुझाउन पाउँदा, मैले बुझाएका कुराहरुकै आधारमा उहाँहरुले बीमा गर्दा मलाई हौसला मिल्यो । त्यहि हौसलालाई आत्मसाथ आज यहाँ आइपुगेको छु विष्टले भनिन् ।’
बीमा अभिकर्ता पेशाको लाइसेन्स लिएपछि उनले आफ्नै २ छोराको बीमा गराएर यो पेशाको उद्घाटन गरिन् । त्यसपछि उनले आफ्ना आफ्mन्त, छर–छिमेकको बीमा गर्दै गईन् । शुरु शुरुमा उनले उनलाई विश्वास गर्ने मान्छेहरुकोमा बीमा प्रस्ताव लिएर गईन् । शुरु शुरुमा त आफ्नै मनले खाएका आफ्mन्तले पनि उनको प्रस्ताव स्वीकार गरेनन् ।
तर पनि उनमा भएको आत्मविश्वास, धैर्यताले गर्दा हिम्मत भने हारेको छैन् । अहिलेको अबस्थामा बचत र आकस्मिक जोखिम दुबैकालागि विमा सबैकालागि बिमा अनिवार्य छ भन्ने कुरा उल्लेख गर्नुभएको छ । र्
फेसबुक प्रतिक्रियाहरु