होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • दलितका मुद्दालाई मूलप्रवाहीकरणमा ल्याउन दलित पत्रकार संघ गठन 
समाज

दलितका मुद्दालाई मूलप्रवाहीकरणमा ल्याउन दलित पत्रकार संघ गठन 

  • नागरिक रैबार
दलितका मुद्दालाई मूलप्रवाहीकरणमा ल्याउन दलित पत्रकार संघ गठन 

मंसिर ७, २०७६ काठमाडौं :  दलितका मुद्दालाई मूलप्रवाहीकरणमा ल्याउन र दलित समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) गठन भएको छ।

नागरिक दैनिकका पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो। संघको उपाध्यक्षमा रेडियो नेपालका टीकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो नाइटी नेटवर्कका विष्णुबहादुर विक छन्।

यसैगरी, संघको सदस्यमा नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, थाहा सञ्चार रेडियो नेटवर्कका कोमल विश्वकर्मा, इमेज टेलिभिजनका रुपा सुनार, सिआइएन रेडियोका सिर्जना बराल, रेडियो नेपालका रमेश टमट्टा, हिमालय टेलिभिजनका सन्देश परियार र हिमालय टाइम्स दैनिकका सरिता मिजार रहेका छन्।

विज्ञापन

लेखन र पत्रकारितालाई आदर्श बनाएका देशभरका क्रियाशील साथीहरूलाई एकताबद्ध गरी समतामूलक समाज निर्माणको पैरवी गर्नका लागि संस्थाको स्थापना भएको संस्थाका अध्यक्ष पवित्रा सुनारले बताए। ‘अहिलेसम्म स्थापना भएका दलित समुदायका पत्रकारहरूको संगठनले प्रभावकारी काम गर्न नसकेकाले हामीले संस्था सुरु गरेका हौँ’, अध्यक्ष पवित्रा सुनारले भनिन्, ‘पत्रकारितामा क्रियाशील साथीहरूको क्षमता अभिवृद्धि गर्दै मूलधारको सञ्चार क्षेत्रमा दलित समुदायका पत्रकारहरूको उपस्थित बलियो बनाउन पनि संस्थाको आवश्यकता देखेका हौँ।’

संघले जारी गरेको विज्ञप्तिमा प्राज्ञिक बहसको थालनी गर्दै, दलितका मुद्दाहरूलाई मिडियामा जोडतोडका साथ उठाउनका लागि पनि संगठित पहल गर्ने बताइएको छ। दलित तथा गैरदलित समुदायका सबै पत्रकारहरूसँग सहकार्य बौद्धिक तथा सामरिक विषयमा परिणाममुखी अन्तरक्रिया गर्ने पनि विज्ञप्तिमा उल्लेख छ। देशभरको सक्रिय पत्रकारहरुलाई संगठित गरी देशभर विस्तार गर्ने योजनास्वरूप आड्जोन गठन गरिएको संघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार