होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने
समाचार

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

  • नागरिक रैबार
सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने
सिन्धुली । कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ ।

विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ ।

करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो ।कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

विज्ञापन

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव विदुर पौडेलले यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै