नागरिक रैबार/बाजुरा ५ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आफ्नो ४८ औं जन्मदिन धनगढीस्थित आमाको छात्रबासमा मनाएका छन् ।
विहिबार मन्त्री शाहले आफ्नो ४८ औं जन्मदिनकाे अवसरमा धनगढीस्थित आमाको छात्रावासमा पुगेर छात्रबासमा आश्रित अनाथ बालवालिकाहरुसंग मनाएका हुन् ।
जन्मदिनको अवसरमा मन्त्री शाहले छात्रबासमा रहेका अनाथ बालवालिकाहरुका लागि खाद्यान्न तथा फलफूल समेत प्रदान गरेका गरेका छन् ।
जन्मदिनको अवसरमा आमाको छात्रबास आयोजित ४८ औं जन्मोत्सवमा बोल्दै शाहले जन्मदिनमा थोरै भए पनि आफुले गरेको यो सानो सहयोगले छात्रवासमा आश्रीत बिद्यार्थीहरुको पठन–पाठन र खानपानमा सहयोग पुग्ने आशा व्यक्त गरेका थिए ।
मन्त्री शाह आजभन्दा ४८ वर्ष अघि बुढीगंगा नगरपालिका साविकको कुल्देवमाण्डौंमा जन्मिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु