होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अत्तरियाबाट साढे एक लाख नगद सहित २८ जुवाडे पक्राउ
देश/प्रदेश

अत्तरियाबाट साढे एक लाख नगद सहित २८ जुवाडे पक्राउ

  • नागरिक रैबार
अत्तरियाबाट साढे एक लाख नगद सहित २८ जुवाडे पक्राउ

कैलालीको अत्तरियाबाट २८ जना जुवाडे पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नमबर ७ लालपुरबाट उनीहरुलाई साढे एक लाख नगद सहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लालपुरमा बिरबहादुर ओलीको ओली होटलबाट उनीहरुलाई आईतबार राती पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको प्रहरी टोलीले आईतबार राती उनीहरुलाई एक लाख ५६ हजार तीन सय ८१ सहित पक्राउ गरेको हो। उनीहरुबाट एक लाख ५२ हजार सात सय ५० रुपैया नेपाली र दुई हजार दुई सय ७० भारतीय सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश सिँह कार्कीले बताए।

पक्राउ पर्ने जुवाडीमा गोदावरी नगरपालिका वडा नम्बर  ७ बस्ने ३५ वर्षका टेक बहादुर ओली,३६ वर्षका मान बहादुर सिह, ३६ वर्षका कृष्ण चन्द, ५१ वर्षका डम्मर बहादुर बोहरा, ३९ वर्षका खडक ओली, ३२ वर्षका नरेन्द्र बोहरा, २६ वर्षका केपी बहादुर साँउद, ४० वर्षका प्रेम नेपाली, ३० वर्षका लोक बहादुर साँउद,३९ वर्षका डिल्लीराज फुलारा, ३० वर्षका  हरिष बम, ३७ वर्षका चक्र ऐर, ४५वर्षका कर्ण चिराल, ३९ वर्षका नर बहादुर थापा, ४० वर्षका रुद्र बम रहेका छन्।

विज्ञापन

यस्तै वडा नम्बर ७ कै २९ वर्षका अमर उपाध्याय, २९ वर्षका पदमराज जोशी, ३० वर्षका प्रकाश साँउद, २८ वर्षका दिपे चोखाल, २८वर्षका दिपक ओली,४० वर्षका भिम बहादुर साँउद, २४ वर्षका नरेस कार्की, १९ वर्षका नृप नेपाली, ३५ वर्षका रती ओली, २३ वर्षका भरत साँउद, ३३ वर्षका राम बहादुर कठायत ३२ वर्षका प्रकाश सार्की र २६ वर्षका पुरन साँउद रहेका छन्।
दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै