होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी
समाचार

अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी

  • नागरिक रैबार
अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। क्याम्पस प्रशासनले मनोमानी ढंगले शुल्क बढाएको भन्दै बैद्य निकट अखिल क्रान्तिकारीले आज बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो। यसअघि शुल्क घटाउनका लागि ७२ घण्टे अल्टिमेटम दिएको विद्यार्थी संगठनले आज सम्म माग पुरा नगरेको भन्दै तालाबन्दी गरेको जनाएको छ।

अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले क्याम्पस प्रशासनले गरेको शुल्कबृद्धि घटाउन पहिलो पटक आग्रह गरिएको र दोस्रो पटक ७२ घण्टे अल्टिमेटम दिदा पनि माग सम्वोधन नभएकाले आज तालाबन्दी गरिएको बताए। यता दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर बहादुर पालले शुल्क बृद्धि गरेको नभई गत बर्ष भदौमा निर्धाणर गरिएको शुल्क नै कार्यान्वयन गरेको दावी गरे। विद्यार्थीहरुले भने दोब्बर बढिले शुल्क बढेको आरोप लगाउँदै आएका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार