होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गौमुलको अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ फल्न सुरु
Breaking News

गौमुलको अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ फल्न सुरु

  • नागरिक रैबार
गौमुलको अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ फल्न सुरु

रमित विक/बाजुरा ६ असार । जिल्लाको गौमुल गाउँपालिका–१ अन्द्राडीमा परिक्षणको लागि रोपिएका स्याउहरु फल्न थालेका छन् । गत चैत २४ गते परिक्षणका लागि रोपिएका स्याउ फल्न थालेका हुन् ।
गाउँपालिकाले एग्रो मनाङ्ग प्रालि मनाङ्गबाट स्याउका बोटहरु खरिद गरेर अन्द्राडीमा रोपेको थियो ।
गाउँपालिकाको भुगोल सुहाउँदो ठाउँमा स्याउँका बोटहरु रोपेर परिक्षण गरे पश्चात अन्द्राडीमा स्याउ फल्न सुरु भएपछि केही मात्रामा भएपनि आफुहरुले गरेको पहल कदमी सफल भएको गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन् । उहाँले अन्द्राडीमा राम्रो सित स्याउ फलेपछि अन्य ठाउँमा पनि यसले निरन्तरता पाउने बताए ।
निरन्तरको रेखदेख गोडमेल र थोपा सिँचाई जडान गरी पानी दिएपछि अब सफल भयौ की भन्ने अनुभुत भएको गौमुल गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश बिकले बताएका छन् । सो ठाउँको भुगोल अनुसार स्याउका बोटहरु रोपिएका थिए । अन्द्राडीमा फरक–फरक जातका फुजी गाला र गोल्डेन जातका स्याउ उत्पादन हुने भएका छन् । फुजी र गाला पोथी गोल्डेन पुरुष जातका स्याउँहरु उतm ठाउँमा फल्न थालेका छन् ।
स्याउको सम्भाव्यता अध्ययनका लागि आफुहरुले गरेको प्रयास सार्थक भएको गाउँपालिका उपाध्यक्ष सिता थापाले बताईन् । हाल अन्द्राडीमा स्याउका लागि परिक्षण गरिएको छ आगामी बर्ष अन्य वडामा पनि फरक–फरक जातका स्याउहरुको परिक्षण गरिने उहाँले बताईन् ।
अन्द्राडीमा अहिलेको बर्ष सुरुवात गरे संगै फल्न सुरु भएपछि स्थानीय खुसी भएका छन् । सधैँ स्याउँका लागि पर निर्भर हुने बाजुरा गौमुल गाउँपालिकाको अन्द्राडीमा स्याउ फल्न थालेपछि अब स्याउमा आत्मनिर्भर बन्ने स्थानीय धन बहादुर बोहराले खुसी व्यतm गरेका छन् । स्याउ उत्पादनले अब थप आफुहरुलाई परिश्रम गर्न हौसला मिलेको स्थानीयको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि