काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केहीअघि अलर्ट जारी गर्दै करिब ७ दिनपछि मात्रै उच्च वर्षा हुने जनाएको छ । अलर्टमा भनिएको छ, ‘‘नेपालमा कमजोर मनसुन प्रवेश गरेको छ । शुरुवाती चरणमा आगामी करिब ५–७ दिन जति हल्का वा मध्यम तर क्षणिक वर्षा हुने र त्यसपछि पूर्ण विकसित भई उच्च वर्षा गराउन सक्ने मौसमी पूर्वानुमान रहेकाले तत्कालै ठूलो बाढी जोखिम हुने कतै देखिँदैन । तर नदी तटिय क्षेत्रहरुमा सतर्कता अपनाउन शुरु गरौं ।’’
बाह्रखरीबाट
फेसबुक प्रतिक्रियाहरु