बाजुरा ३ मंसिर ।सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर १६ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ । भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। डडेल्धुरा, बझाङ, अछाम बाजुरा लगायतका जिल्लाका साथै भारतका विभिन्न स्थानमा पनि धक्का महशुस भएको छ । भूकम्पले पुर्याएको क्षति, यसको तिब्रता र केन्द्रबिन्दूबारे विवरण आउन बाँकी छ ।
फेसबुक प्रतिक्रियाहरु