काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको छ । कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, २५ गते बिहान ११ बजे देखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु