होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुलो छोएको भन्दै दलित महिला माथि कुटपिट
समाचार

चुलो छोएको भन्दै दलित महिला माथि कुटपिट

  • नागरिक रैबार
चुलो छोएको भन्दै दलित महिला माथि कुटपिट

कालिकाेट\ असाेज २ ।  कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएको छ कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझा दलितमाथि थिचोमिचो र अन्याय गर्दै आएका छन्।

उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी ९भाडाकुडा० सम्म दलितले बनाउछ भनेर।सीप चल्छ,दलितका राम्री राम्री छोरी चल्छ,पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ,मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती दलितले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।

तर उसले छुन नहुने यो कस्तो विडम्बना यस प्रचलनको सरकारको कान सम्म पुगोस् भनि यो घटनाको समाजिक सञ्जालमा विरोध भएको छ ।पंधेराबाट पानी भरी ल्याउने तामाको गाग्री दलितले नै बनाएको चल्छ तर दलितले छोएको पानी चल्दैन ।

विज्ञापन

वाहा कति रमाईलो छ है नेपाली समाज र से’क्स चल्ने , जवान चल्ने , सीप चल्ने,औजार चल्ने तर उसैले खाली शरीरले छोएको पानी नचल्ने रुपानी पानी नै रंग हुदैन । मैले सुने को थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ । तर मान्छे मान्छे नै हो । मान्छेमा कुनै फरक हुदैन । मानिसको शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ।

भौतिकवादले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।हामी नेपाली एउटा सियो बनाउने उपाय छैन । भौतिवादको आँखामा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ । मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु९शासन शान्ती अमन चयन र समृद्धी हुदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार