नागरिक रैबार/बाजुरा ३० बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुरामा जड्याहाको भीड लागेको छ । शुक्रबार देखि सूरु भएकाे अनन्ते मेला आइतबार राति मार्तडीमा लागेको अनन्ते मेलालाई अशान्त पार्न खोजेको आरोपमा प्रहरीले २५ जना जड्याहालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले मदिरा सेवनबाट आईपर्ने समस्या र यसको असरबारे प्रशिक्षण समेत दिएका छन् ।
यस अगाडि बडीमालिका नगरपालिकाले अनन्ते मेलामा मदिरा उत्पादन तथा विक्रि वितरण गर्ने ५ हजार र मदिरा सेवन गरेर मेलामा जानेलाई २५ सय जरिवाना तिराउने निर्णय गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु