नागरिक रैबार/बाजुरा २९ भदौ। बिहिबार देखि बाजुरा जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षा भईरहेको छ । बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
बर्षायाम सकिने समयमा भदौरे झरी बढेपछि खेती योग्य जमिन तथा दर्जनौँ बस्तीहरु जोखिममा रहेका छन् ।
सदरमुकाम मार्तडी आसरपासमा मख्य नदिहरु भन्दा खहरे खोलाको बाढीले जनतालाई त्रास देखाई रहेको छ । मार्तडी नजिकै रहेको खारडा खोलाले सयाँै रोपनि खेतियोग्य जमिन कटान गरेको छ ।
त्यस्तै आसपासमा रहेका उखाडी र गडखेतमा रहेका घर तथा छनाहरु उच्च जोखिमा रहेका छन् । खोलाको कटान बढ्न थालेपछि बस्तीबाट पशुचौपाय र अन्य सामानहरु स्थानीयले सुरक्षित स्थान तर्फ सारेका छन् ।
फेसबुक प्रतिक्रियाहरु