होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • महरालाई भाेलि अदालतमा उपस्थित गराइने
राजनीति

महरालाई भाेलि अदालतमा उपस्थित गराइने

  • नागरिक रैबार
महरालाई भाेलि अदालतमा उपस्थित गराइने

काठमाडाैं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई भाेलि, २८ असाेजमा अदालत उपस्थित गराइने भएको छ। प्रहरीले अनुसन्धानको पाटो सकेर म्याद थपका लागि महरालाई २८ असोजमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।

प्रहरीले उनलाई अस्पतालबाटै सोझै बबरमहलस्थित अदालत लग्ने छ। “भोलीदेखि अदालत खुल्ने भएकाले हामीले म्याद थपका लागि अदालत लैजान लागेका हौं,” काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले देखापढीलाई भने, “अनुसन्धानको धेरै पाटो सकिसकेका छौं। अब केही कुराहरू मात्रै बुझ्न बाँकी छ। त्यसपछि बयान लिने काम सुरु हुन्छ।”

अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी म्याद थप गर्ने भएको छ। दशैंको समयमा अदालत बन्द भएका कारणले उनको म्याद थप गर्न सकिएको थिएन।अनुसन्धानका केही पाटा बाँकी रहेकाले थप केही दिन म्याद थप्न प्रहरीले अनुमति माग्ने प्रहरी स्रोत बताउँछ।महराको बयान लगेर अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गर्नेछ।

विज्ञापन

१९ असोजमा पक्राउ परेपछि महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षमा राखिएको थियो।आजसम्म उनी ९ दिन हिरासतमा रहिसकेका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि २३ असोजदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा राखेर उपचार भइरहेको छ।१२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवासमा पुगेर बलात्कारको प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए।महिलाले १७ असोजमा महराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि