होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अपराधमा मुछिएका सुदूरपश्चिमका दुई सासंद
देश/प्रदेश

अपराधमा मुछिएका सुदूरपश्चिमका दुई सासंद

  • नागरिक रैबार
अपराधमा मुछिएका सुदूरपश्चिमका दुई सासंद

विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ। सुदूरपश्चिमका मात्रै दुई जना सासंद अपराधमा मुछिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्।

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद हरिनारायण रौनियार र प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलमलाई पनि फौजदारी अभियोग लागेका छ। नेकपाका नारदमुनि रानामाथि रातो पासपोर्टको दुरुपयोग गरेको अभियोग छ।

रातो पासपोर्ट बिक्री गरेको अभियोग लागेका रानालाई विषेश अदालतबाट २०७२ साउन २८ गते भने सफाई पाएको जानकारी प्राप्त भएको थियो। यद्यपी हाल उनीविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा तामेलीमा राखिएको छ। अपराध कसुरमा कारागारमा रहेका अर्का सांसद तथा राजपा नेता चौधरी कैलाली–२ बाट निर्वाचित भएका हुन्।

विज्ञापन

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरिसकेको छ।

त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन्। यस्तै समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियारमाथि भ्रष्टाचार आरोप छ। पेशाले ठेकेदार रहेका उनीमाथि ठेक्कापट्टाको क्रममा भ्रष्टाचार गरेको अभियोग लागेको छ। एक साताअघि मात्रै निवर्तमान सभामुख एवं प्रमुख सत्तारूढ नेकपाका सांसद महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेका छन्।

यस्तै कांग्रेस सांसद आलमविरुद्ध २०६४ चैत २७ गतेको बम विस्फोटमा परी घाइते २ नेपाली र २१ भारतीय नागरिकलाई इँटा भट्टामा लगेर जलाएको अभियोग छ। त्यस बेला हत्या गरिएका दुई नेपाली त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तर मियाँ हुन्। २१ भारतीय नागरिकका सन्दर्भमा किटानी जाहेरी नपरेकाले त्यसको अनुसन्धान नै भएन्।

सर्वोच्चका न्यायाधीश गोविन्द उपाध्यायले आलमलाई पक्राउ गरेर बम विस्फोट र हत्यासम्बन्धी अनुसन्धान गर्न आदेश दिएको थियो। त्यही आदेशका आधारमा आलमलाई पक्राउ गरिएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार