काठमाडौँ, २७ असार रौतहटमा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको छ । रौतहटको चन्द्रपुर लच्कामा बाढीले बाँध कटान गर्दा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले बाँध कटान गर्दा बञ्जरहा, औरेया, बेलविच्छवा, वडहरवाका वस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अहिले सडक डुबानका कारण साना सवारी साधन चल्न सकेका छैनन् ।
फेसबुक प्रतिक्रियाहरु