होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • देशभर भारी वर्षाको सम्भावना, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने
समाज

देशभर भारी वर्षाको सम्भावना, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने

मौसमविदले भने–पूर्वतयारीमा जुटौं

  • नागरिक रैबार
देशभर भारी वर्षाको सम्भावना, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने

२६ असार, काठमाडौं । बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ ।

विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल बाढी सूचनाले सचेत पार्दै भनेको छ, ‘प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौं ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ । विहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।

मौसमी बुलेटिनमा लेखिएको छ, ‘नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।’

हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले हाल देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन् । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ महिना अगाडि