होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • अनौठो स्कुल, बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ
रोचक

अनौठो स्कुल, बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ

  • नागरिक रैबार
अनौठो स्कुल, बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ

१८ वैशाख, हेटाैंडा

हामीकहाँ शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइसकेको छ । किनकि निजी स्कुलहरुको शुल्क निकै चर्को छ ।

तर यो दुनियाँमा एउटा यस्तो स्कुल छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ ।

विज्ञापन

भारतको असम राज्यस्थित पमोहीमा छ यो अनौठो स्कुल । उक्त स्कुलको नाम अक्षरा विद्यालय हो । सन् २०१६ को जुन महिनामा स्थानीय एक समाजसेवी जोडीले उक्त स्कुलको स्थापना गरेको हो । सुरुमा निःशुल्क रुपमा पढाउने स्कुल स्थापना गर्ने उनीहरुको विचार थियो । तर स्थानीय समुदायमा प्रदूषणको समस्या निकै टड्कारो देखेपछि उनीहरुले नयाँ जुक्ति लगाए । स्थानीय मानिसहरुमा प्लास्टिक जलाउने चलन थियो र त्यसरी प्लास्टिक जलाउँदा हावा निकै प्रदूषित भइरहेको थियो । त्यसैले उनीहरुले उक्त स्कुलमा शुल्कको रुपमा अभिभावकले आफ्नो घरमा संकलन गरेको प्लास्टिक फोहोर बुझाउनुपर्ने नियम बनाए ।

स्थानीय ढुंगाखानीमा काम गर्ने बालबालिकाहरुलाई उत्प्रेरित गर्दै स्कुलसम्म ल्याउने चुनौती पार गर्नका लागि विद्यालय संस्थापकहरुले अर्को अनौठो जुक्ति पनि लगाएका छन् । उक्त विद्यालयमा ठूलो कक्षाका विद्यार्थीले सानो कक्षाका विद्यार्थीलाई पठाउने/सिकाउने र त्यसरी पढाएबापत खेलौना मुद्रा प्रदान गर्ने गरिन्छ । ती डमी पैसालाई विद्यार्थीहरुले नजिकैका निश्चित पसलमा गएर अन्य सामान्य मुद्रा जसरी नै किनमेल गर्न सक्दछन् । विद्यालय र पसलेबीच सम्झौता गरिएको छ र त्यसरी हरेक दिन पसलमा ल्याएर सामान खरीद गरिएका डमी पैसाबापत पसलेलाई पछि रकम भुक्तानी गरिन्छ ।

स्कुलको पाठ्यक्रमसमेत बाल अधिकार, बाल शिक्षा, वातावरण संरक्षण आदिमा जोड दिएर तयार पारिएको छ ।

प्लास्टिकका फोहोरलाई पुनःचक्रण तथा पुनः प्रयोगका विधिका बारेमा पनि विद्यालयमा सिकाइन्छ ।

४ देखि १५ वर्षसम्मका १ सय जना विद्यार्थीले अहिले उक्त विद्यालयमा पढ्दै आएका छन् । हरेक विद्यार्थीले हरेक हप्ता कम्तीमा पनि २५ थान प्लास्टिकका फोहोरहरु विद्यालयमा ल्याउनुपर्ने नियम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार