होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने
देश/प्रदेश

सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने

  • नागरिक रैबार
सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने

बैतडी, साउन २२ । बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो ।

वडा अध्यक्ष विहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भइ पद रिक्त रहेको छ ।

विज्ञापन

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहोरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भइसकेकाले उप निर्वाचन हुनेछ ।

यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वाचित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाइएको छ ।

उप–निर्वाचनका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधव फुयालको भनाइ छ ।

यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका बिचमा अगामी मंसिर १४ गते उप–निर्वाचन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार देशभरमा रिक्त रहेका ५१ पदका लागि उप–निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेसँगै मतदाता नामवालीमा नाम दर्ता गराउने काम पनि यही साउन १६ गतेदेखि रोकिएको छ । यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् । सुदुरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै