होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • लोक–देउडाकी तीन जना हस्तीहरु सम्मानित
Breaking News

लोक–देउडाकी तीन जना हस्तीहरु सम्मानित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
लोक–देउडाकी तीन जना हस्तीहरु सम्मानित

नागरिक रैबार/ बाजुरा २२ साउन। बाजुरा जिल्लाको लोक देउडा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन जना चर्चित देउडाहस्तीहरु सम्मानित भएकी छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा म‌गलबार भएको तेस्रो जिल्ला अधिवेशन तथा वृहत साँस्कृतिक कार्यक्रममा चर्चित देउडीया सुना विक, कला विक र गंगा दमाईलाई एकसाथ सम्मानित गरिएको हो ।


उनीहरु तीनै जनालाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह र लोक–दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय महिला सचिव राधिका हमालले दोसल्ला ओडाएर सम्मानित गरेका हुन् ।

  

विज्ञापन

संस्कृतिको संरक्षण, प्रतिभाको पहिचान कलाको प्रर्वद्धन भन्ने मुल नाराका साथ बाजुरामा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको तेस्रो जिल्ला अधिवेशन तथा वृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार राधिका हमाल, विनोद बाजुराली, रेखा जोशी र लालबहादुर धामीले मनोरन्जन दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार