



२२ असार, काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिना (१३ असोज) भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो ।
आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा संचालन गर्ने उल्लेख थियो । खानेपानी मन्त्रालयका सचिव तथा निर्देशन समितिका अध्यक्ष दीपेन्द्रनाथ शर्माका अनुसार अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसकेका गाउँ, नगर, उपमहानगर र नगरपालिकाले आगामी १३ असोजसम्म आ-आफ्नो क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिइएको छ । समितिको १३ असारमा बसेको बैठकले स्थानीय तहहरुलाई यस अभियानमा सक्रिय गराउने निर्णय गरेको हो ।
१० वर्षे सरसफाइ गुरुयोजना २०६८ ले नेपाललाई सन् २०१७ भित्रै खुला दिसामुक्त बनाउने लक्ष्य लिएको थियो । तर, सबै स्थानीय तहले घोषणा नगर्दा यो अभियान सफल भएन । अहिले खुला दिसामुक्त हुन नसकेका स्थानीय तहमा करीव २५ हजार शौचालयको निर्माण र प्रयोग आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ । सोहीअनुसार आगामी तीन महिनाभित्र आवश्यक पूर्वाधार बनाई अभियानमा सहयोग गर्न समेत मन्त्रालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
काठमाडौं महानगरमै चूनौती
खानेपानी मन्त्रालयका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये अब ६३ वटा स्थानीय तह मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । त्यसमध्ये देशको राजधानी काठमाडौं महानगरपालिका पनि एक हो ।
पछिल्लो समय महानगरपालिकाले शौचालय निर्माणलाई गति दिएको छ । सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन २०७५ बनाएर महानगरले प्रयोगविहिन अवस्थामा रहेका शौचालयको स्तरोन्नती र नयाँ शौचालय निर्माणलाई तिब्रता दिएको छ । यसबाहेक प्रदेश नं २ का धेरै स्थानीय तहमा खुला दिसामुक्त क्षेत्र घोषणाको चूनौति छ । तराईका अधिकांश जिल्लामा खुला शौच गर्ने बानीमा परिवर्तन ल्याउन स्थानीय तहले बढी मिहेनत गर्नुपर्ने देखिन्छ ।
९९.५ प्रतिशत घरधुरीमा शौचालय
मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभर ९९.५ प्रतिशत घरधुरी शौचालयको पहुँचमा छन् । सरसफाइ गुरुयोजना २०६८ शुरु गर्दा ४३ प्रतिशत मात्र घरधुरी शौचालयको पहुँचभित्र रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
खुला दिसामुक्त घोषणा हुन बाँकी गाउँपालिका
| प्रदेश | जिल्ला | स्थानीय तह |
| १.
| भोजपुर | भोजपुर नगरपालिका |
| षडानन्द नगरपालिका | ||
| सोलुखुम्बु | सालु दुधकुण्ड नगरपालिका | |
| २.
| बारा
| कलैया नगरपालिका |
| कालहवि नगरपालिका | ||
| जीतपुर सिमरा नगरपालिका | ||
| महागडीमाई नगरपालिका | ||
| सिमरौनगढ नगरपालिका | ||
| पचरौटा नगरपालिका | ||
| आदर्श नगरपालिका | ||
| करैयामाई गाउँपालिका | ||
| देशतल गाउँपालिका | ||
| पर्वानिपुर गाउँपालिका | ||
| फेता गाउँपालिका | ||
| बारागढी गाउँपालिका | ||
| सुवार्ना गाउँपालिका | ||
| बिश्रामपुर गाउँपालिका | ||
| पर्सा
| विन्ध्यवासनी गाउँपालिका | |
| धोबिनी गाउँपालिका | ||
| बाहुदरमाई नगरपालिका | ||
| वीरगन्ज महानगरपालिका | ||
| सर्लाही | धनकौल गाउँपालिका | |
| धनुषा
| जनकपुर उपमहानगरपालिका | |
| क्षिरेश्वर नगरपालिका | ||
| गणेशमान नगरपालिका | ||
| धनुषाधाम नगरपालिका | ||
| नागारेन नगरपालिका | ||
| बिदेहा नगरपालिका | ||
| शहिदनगर नगरपालिका | ||
| सबैला नगरपालिका | ||
| कमला नगरपालिका | ||
| हंषपुर नगरपालिका | ||
| मिथिला बिहारी नगरपालिका | ||
| जानकी नन्दिनि गाउँपालिका | ||
| बाटेश्वर गाउँपालिका | ||
| मुखियापात्ति मुसारनिया लक्ष्मिनिया गाउँपालिका | ||
| औराही गाउँपालिका | ||
| धनान्जि गाउापालिका | ||
| महोत्तरी
| जलेश्वर नगरपालिका | |
| गौशाला नगरपालिका | ||
| लोहारपाट्टी नगरपालिका | ||
| औराही नगरपालिका | ||
| मातिहानी नगरपालिका | ||
| भन्गहा नगरपालिका | ||
| सोनाम गाउँपालिका | ||
| महोत्तरी गाउँपालिका | ||
| ३
| सिन्धुपाल्चोक
| चौतारा साँगाचोकगढी नगरपालिका |
| बाह्रबिसे नगरपालिका | ||
| मेलम्ची नगरपालिका | ||
| इन्द्रवती गाउँपालिका | ||
| जुगल गाउँपालिका | ||
| पञ्चपोखरी गाउँपालिका | ||
| भोटेकोशी गाउँपालिका | ||
| लिसंखुपाखर गाउँपालिका | ||
| हेलम्बु गाउँपालिका | ||
| त्रिपुरा सुन्दरी गाउँपालिका | ||
| सुनकोशी गाउँपालिका | ||
| काठमाडौं | काठमाडौं महानगरपालिका | |
| ५ | कपिलवस्तु | कृष्णनगर नगरपालिका |
| कपिलवस्तु नगरपालिका | ||
| एशोधरा नगरपालिका | ||
| महाराजगंज नगरपालिका | ||
| सुद्धोधन गाउँपालिका |
अनलाइन खबरबाट






फेसबुक प्रतिक्रियाहरु