नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेश सरकारकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रको विकास प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएकि छिन् ।
बुधबार विहान बाजुरा सदुरमकाम मार्तडीमा बाजुरा कोसेली घरको उद्धघाट्न गर्दै मन्त्री चौधरीले यस्तो बताएकि हुन् ।उहाँले कृषि क्षेत्रको विकासले नै देशको सम्वृद्धि गर्न सकिने भएकोले कृषि क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले प्रयाप्त लगानी गर्ने योजना रहेको बताईन् ।
आजबाट सूरु हुने प्रथम आलु महोत्सवको उद्धघाटन् गर्न पहिलोपटक बाजुरा पुग्नुभएकि मन्त्री चौधरीले लोप हुन लागेका स्थानीय रैथाने बालीहरुको उचित संरक्षण हुन आवश्यक रहेको उल्लेख गरेकि छिन् । अर्को प्रसंगमा बोल्दै मन्त्री चौधरीले जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेकि छिन् । उहाँले बाजुरामा यसै वर्षभित्र चिस्यान केन्द्र समेत स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।
बाजुराको कोशेली घरमा संकलन गरिएका यहाँका रैथाने बालीहरुलाई बजार व्यवस्थापन, प्रर्वद्धनका लागि प्रदेश सरकारले सम्पूर्ण सहयोग गर्ने मन्त्री चौधरीको भनाई थियो । उद्धघाटन् कार्यक्रममा मन्त्री चौधरीलाई बाजुरा कोसेली घरमा रहेका रैथाने बालीका परिकारहरु कोसेली स्वरुप प्रदान गरिएको थियो ।
बाजुरामा उत्पादन भएका स्थानीय रैथाने बालीहरुलाई संरक्षण र प्रर्वद्धन गर्न कृषि ज्ञान केन्द्र बाजुरा र बडीमालिका नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लक्ष्मी बचत तथा रिण सहकारी संस्थाद्धारा बाजुरा कोसेली घर संचालन भएको हो ।
फेसबुक प्रतिक्रियाहरु