काठमाडौं- जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार अपरान्ह उनी पक्राउ परेका छन् ।महानगरीय प्रहरी परीसर को एक टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पूर्जी जारी भएपछि महरालाई पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरेर बसेको थियो । शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनमति दिएको थियो।
महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेको छ। बानेश्वर वृत्तमा महराविरुद्ध गत शुक्रबार उजुरी परेको हो।महराले गत आइतबार रोशनीको कोठमा गएर यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो।
फेसबुक प्रतिक्रियाहरु