
राजेन्द्र बिक/ बाजुरा २० भाद्र। बडिमालिका नगरपालिका भित्रका ८ ओटा माद्यमिक विद्यालय १७ ओटा आधारभूत गरि जम्मा २५ वटा बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा बिद्यालय स्तरीय योजना तर्जुमा कार्यशाला बडिमालिका नगरपालिकाको सभाहल मार्तडीमा सम्पन्न भएको छ ।


विहिबार सम्पन्न भएकाे कार्यशालामा प्रधानाध्यापकहरुलाइ आआफ्नो बिद्यालयको समस्या पहिचान गरि त्यस समस्याको समाधान गर्न आबश्यक पर्ने कृयाकलापको बार्षिक योजना बनाउन लगाउने उदेश्य रहेको कार्यक्रमको आयोजना बडिमालिका नगरपालिका र सेतोगुरांस बालबिकास सेवा बाजुराले गरेको थियो भने आर्थिक तथा प्राबिधिक सहयोग युनिसेफ र बिश्व शिक्षा नेपाल को रहेको सेतो गुराँसबालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातीले बताइन।
कार्यशालामा प्रधानाध्यापकहरुलाइ बालबालिकाको गुणस्तरीय शिक्षा अभिबृद्दीका लागि अपनाइने बिधिका बारेमा पनि सामान्य जानकारी प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा इकाइ प्रमुख रङ्गमल बिकले जानकारी दिए । दुई दिन सम्म संन्चालन भएको योजना तर्जुमा कार्यशाला बाट समग्र बिद्यालय सुधारका लागि योजना बनाइनु तथा बालबालिकाको सिकाइ उपलब्धिका लागि शिक्षण बिधिको बारेमा पुनर्ताजगी हुन पाएकाले आफुहरुका लागि यो कार्यशाला महत्त्वपूर्ण उपलब्धि भएको प्रधानाध्यापक हरुको भनाइ रहेको थियो ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु