होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा काँग्रेस र लोकतान्त्रिक फोरमवीच समायोजन
राजनीति

बाजुरामा काँग्रेस र लोकतान्त्रिक फोरमवीच समायोजन

१ सय ६७ जनालाई सदस्यता बितरण

  • नागरिक रैबार
बाजुरामा काँग्रेस र लोकतान्त्रिक फोरमवीच समायोजन

राम बहादुर दानी/कार्तिक १९ बाजुरा । बाजुरामा नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम वीच पार्टी समायोजन भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको बैठकसंगै काँग्रस र लोकतान्त्रिक फोरम दुवै पार्टी विच समायोजन समेत गरिएको हो ।नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितको अध्यक्षतामा बसेको बैठकले दुइ पार्टी समायोजन गरिएको र आशन्न मंसिर १४ गते त्रिवेणी नगरपालिका वडा नं १ को उप–निवार्चन सफल पार्न प्रचार प्रसार समिति लगायतका प्रस्तावहरुमाथि छलफल भएको पार्टी सचिव दिपक बिक्रम शाहले बताएका छन् ।

नेपाली काँग्रेस र लोकतान्त्रीक फोरम नेपाल केन्द्रिय समितिको आदेश अनुसार नेपाल भरीका केही जिल्लाहरुमा दुबै पार्टी समायोजन भैसकेकोले बाजुरामा पनि दुबै पार्टी बिच मंगलबार समायोजन गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।नेपाल लोकतान्त्रीक नेपाल जिल्ला कमिटी अध्यक्ष पुर्ण बहादुर सिंह लगायत १६७ जनालाई नेपाली काँग्रेसले क्रियासिल सदस्यता प्रदान गरेको छ ।

नेपाली काँग्रेसवाट निर्वाचित त्रिवेणी नगरपालिका वडा नंं १ का वडा अध्यक्ष खम्म नेपालीको २०७५ सालमा जिप दुर्घटमा परी मृत्यु भए पछि सो वडामा उप निर्वाचन हुने भएको छ । उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट खगेन्द्र चदारालाई बिजयी गराउन राधिका सुनारको संयोजकत्वमा ६ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।

विज्ञापन

उक्त समितिमा प्राय दलित र महिलाहरु रहेको वताइएको छ भने पार्टी सभापति कविराज पण्डितको संयोजकत्वमा उच्च स्तरिय निर्देशक समिति समेत गठन गरिएको सचिव शाहले बताउनु भएको छ । यसरी बाजुराको एकवटा स्थानमा मात्र उपनिर्वाचन हुने भएकोले आ आफ्नो उम्मेदवारलाई विजयी गराउन दुई पार्टी बिच निकै प्रतिस्पर्धा हुँने देखिएकोले नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन तरुण युवालाई समेत परिचालन गर्न बिद्याथीी नेता वीरेन्द्र गीरीको संयोजकत्वमा तरुण बिद्यार्थी परिचालन समिति समेत गठन गरेको छ ।

बैठकमा नेपाली काँग्रेसका नेता तथा पुर्व साहायक मन्त्री जनकराज गीरी, पुर्व सभाषद देवराज जोशी, महा नेपाली, नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना दानी लगायत जिल्ला कार्य समितिका पदाधिकारी भातृसंघ लगायतको बैठकमा उपस्थित रहेको थियो । बैठकमा पार्टी समायोजन पश्चात पाटी सभापति कबिराज पण्डित र नेपाल लोकतान्त्रीक नेपाल जिल्ला कमिटी अध्यक्ष पुर्ण बहादुर सिंह बिच आगामी दिनमा नेपाली काँग्रेस बाजुरालाई थप मजबुत बनाउन एक ढिक्का भएर लाग्ने कुरामा एक आपसमा बिस्वस्त भएको बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि