होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिटिईभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयले प्राविधिक शिक्षा बारे असार २१ गते जानकारी दिदै !
समाचार

सिटिईभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयले प्राविधिक शिक्षा बारे असार २१ गते जानकारी दिदै !

  • नागरिक रैबार
सिटिईभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयले प्राविधिक शिक्षा बारे असार २१ गते जानकारी दिदै !

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले यस प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध-बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका कार्यक्रमहरु छनोट बारेमा जानकारी गराई बृत्ती मार्ग (CareerPath) पहिचान गर्न सहज गराउने उद्देश्यले स्थानीय निकाय, पत्रकार, नागरिक समाज, बिद्यालयहरु र अन्य सरोकारवालाहरु संगको समन्वयमा यही २०७६।०३।२१ गते शनिबार बिहान ठिक ७ बजे“प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम जागरण” (TVET Awareness) कार्यक्रम संचालन गरिनेभएकाले उक्त कार्यक्रममा एस.ई.ई. उत्तीर्ण गरेका बिद्यार्थी तथा तिनका अभिभावकहरुलाई सहभागी गराउन सहयोग गर्नर सहभागि हुन ईच्छुक सबैमा सहभागिताका लागि हार्दिक अनुरोध छ ।
कार्यक्रम हुने स्थानः २१ गते शनिवार बिहान ७.०० बजे धनगढी चौराहा बाट प्रभातफेरी कार्यक्रम सेती अन्चल अस्पत्ताल, सामाजिक बिकास मन्त्रालय हुँदै ओम पार्टि प्यालेसमा जानकारी मूलक प्रस्तुतीको कार्यक्रम सहित समापन गरिने ।


कैलालीमा रहेका प्राविधिक शिक्षा दिईरहेका निजी तथा सामुदायिक विद्यालय,एव् सरोकारवाला संघ संस्थाको उपस्थीतीमा बिभिन्न ज्ञान मूलक शिक्षा मूलक, जानकारी मूलक प्ले कार्डका साथ बजार र्याली गर्ने उद्धेश्य रहेको छ । प्राबिधिक शिक्षा सम्बन्धि बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड (प्राबिधिक शिक्षा आजको आवश्यकता, रोजगारीकालागि प्राबिधिक शिक्षा र सीप, सीप सिकौं रोजगार बनौं, सीपयुक्त नेपाल समृद्ध जनता, उपयुक्त बिषय छनोट गरी अध्ययन गरौं, प्राबिधिक शिक्षा लिई स्वरोजगार बनौं, प्राबिधिक शिक्षाको अभियान स्व-रोजगारी श्रृजनाको अभियान, ब्यवहारिक शिक्षा आजको आवश्यकता, पढाउनु भन्दा सिकाउनमा ध्यान दिऔं, पढ्न भन्दा सिक्नमा बल पु-याऔं, समृद्धिका लागि प्राबिधिक तथा ब्यावसायिक शिक्षा, ज्ञान, सीप र ब्यवहारमा परिवर्तन ल्याऔं) ।

उक्त कार्रक्रममा कैलालीमा रहेका प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम (TVET) सम्बन्धी सचेतनामूलक कार्यक्रम प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद, दक्षता परियोजना, ईयू धनगढी स्थित सामुदायिक बिद्यालयहरु धनगढी स्थित प्राबिधिक शिक्षाका कार्यक्रम संचालित निजी शिक्षालयहरु सँगको सिईभिटीमा भइरहेका बिबिध भ्रामक समाचार लाई पन्छाई, के गरी यस क्षेत्रमा रहेका बेरोजगार,कामको खोजी गरी बसेका युवा पिढीलाई स्वोरोजगार बनाउने उद्देश्यका साथ कार्यक्रम गर्ने तिर जोड दिने कुरा सुदूर पश्चिम प्रदेश कार्यलयका उप निर्देशक देव सिंह धामीले जानकारी दिनु भयो । साभार सुदुरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार