काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो। उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।
फेसबुक प्रतिक्रियाहरु