दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ ।
लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका समस्या परेमा १०३ मा फोन गरेर जानकारी गराउनु हुन अनुरोध छ । काठमाण्डौ उपत्यकामा भएका १४ वटा सहायता कक्षमा भाडा दर टाँसिएको छ, त्यही अनुसार यात्रुले टिकट काट्न सक्नेछन् ।
टिकट सजिलोरुपमा नपाएको भन्दैमा बढी भाडा दिएर टिकट कसैले पनि लिन हुँदैन, एक जनाले बढी पैसा तिरेर टिकट लियो भने अरुलाई पनि जबर्जस्ती बढी भाडा तिर्न बाध्य बनाइन सक्छ । त्यसैले यात्रु आफैँ पनि सचेत हुनुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु