होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बैतडीमा उपनिर्वाचन चार हजार मतदाता सहभागी हुने
राजनीति

बैतडीमा उपनिर्वाचन चार हजार मतदाता सहभागी हुने

  • नागरिक रैबार
बैतडीमा उपनिर्वाचन चार हजार मतदाता सहभागी हुने

आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८ सय ८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९ सय ९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फुयाँलले बताए।

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौंडी नगरपालिका–४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन्। पीपलकोट माविमा एक हजार दुई सय २९, हुनैनाथ माविमा ५ सय ७९, गाविस भवन गुर्केलीमा ६ सय १९, महादेव माविमा ८ सय ६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन्। यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन्। वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडामा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो।

यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। पालिका प्रतिनिधिको उम्मेदवारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ। कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ। यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मङ्सिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने  कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। उपनिर्वाचनका लागि यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन्। रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि