होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द
समाचार

नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

  • नागरिक रैबार
नक्कली भिसा कार्डबाट रकम निकालेको भेटिए पछि अधिकांश बैंकका एटीएम बन्द

काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बै‌क तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो।

११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो। नेप्स आवद्ध बैंकका एटीएम आज नेपाल र अन्य मुलुकमा पनि नचल्ने भएका छन्।

शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकपक्राउ परेका हुन्। उक्त समूहले बिभिन्न बैकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन्। प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ। साभार कान्तिपुर दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै