होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ असाेज। जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा निर्माण गरिएको १० शैप्याको अस्पतालको भवन पुर्व परराष्टमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने भएका छन् । गाउँपालिकाको केन्द्रमा निर्माण गरिएको १० शैप्याको अस्पताल भवन निर्माण भएको हो । २०७८ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका […]
काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर्षा भइरहेको छ। केही स्थानमा भने मौसम सफा छ। कोशी प्रदेश र बागमती […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका […]
काठमाडौँ । अदालतको मानहानी ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् । सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय […]
काठमाडौं – असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार काभ्रे, सिन्धुली, […]
काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ। पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका […]
काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सेवा दिने गरि आइतबार (हिजो) बाट एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । नगरभित्रका दुर्गम ठाउँका विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले एम्वुलेन्स खरिद गरेर आइतबारबाट सेवा संचालनमा ल्याएको […]
काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय ७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन […]
काठमाडौँ — संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था […]
काठमाडौं – चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो। आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य […]
काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी […]
काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । […]
जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी […]
काठमाडौं- सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारीस्वरुप सांसदहरूको हस्ताक्षर जुटाउन थालेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकमा उपसभामुख रानालाई हटाउबारे छलफल भएपछि मंगलबार संसद् बैठकमै हस्ताक्षर अभियान चलाइएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सत्तारुढ कांग्रेसका र एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले एमालेका सांसदहरूको हस्ताक्षर संकलन […]
नागरिक रैबार/बाजुरा ६ भदौ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा विद्युतीकरण कार्य गर्दा सतर्कता अपनाएर मात्रै काम गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ । विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुरा जिल्लामा विद्युतिकरण सम्वन्धि काम गर्दा धेरै लापरवाही भएकोले यस्तो निर्देशन दिएको हो । विद्युतको काम गर्दा लापरवाही गरेकै कारण जिल्लामा दिनप्रतिदिन […]