होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्। उनले चार करोड हाराहारी मूल्यमा घर किनेको बुझिएको छ। सामाखुसीमा भाडाको घरमा बस्दै आएकी शान्तिश्रीको परिवार छिट्टै आफ्नै घरमा सर्ने तयारी छ। शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। […]
नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र […]
बझाङ । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ […]
बाजुरा। बाजुरामा लैङ्गिकतामा आधारित हिंसालाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र युएनएफपिएको आर्थिक सहयोगमा उक्त छलफल बिहिबार मार्तडीमा सम्पन्न भएको हो । जिल्लामा संचालन भईरहेको सुरक्षित आवास गृहमा आउने हिंसापिडित महिलाका लागि आगामी दिनमा के कसरी संचालन गर्ने भन्ने बारे जिल्लाका ९ […]
काठमाडौँ । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र […]
काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा […]
सुर्खेत — गत वर्ष कात्तिक दोस्रो साता गएको भूकम्पमा परी घर गुमाएका कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीले गत वर्ष अस्थायी टहरामा चिसोले ज्यान गुमाए । दमका रोगी उनले ज्यान गुमाएदेखि नै उनको ६ जनाको परिवारको बिचल्ली छ भने ५१ वर्षीया पत्नी चित्रलेखा पनि ज्वरोले एक सातायता बिरामी छिन् । ‘बुवा बितेपछि जीविकोपार्जन […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बुढीगंगा नगरपालिका-४ मा अवस्थित बानेगाउँमा लिफ्ट सिंचाई योजनाको समुद्धघाटन् गरिएको छ । सोमबार बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बानेगाउँमा निर्माण गरिएको लिफ्ट सिंचाई योजनाको एक औपचारिक कार्यक्रमका विच उद्धघाटन् गरेका हुन् । कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा RERAS कार्यक्रमको ९० प्रतिशत र बुढीगंगा नगरपालिकाको १० प्रतिशत लगानीमा बार्जुगाड लघु […]
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमवार राति देशको पश्चिमी भूभागमा पानी पर्नसक्ने जनाएको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनले सोमवार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान रहेको बताइन्। मौसमविद् महर्जनका अनुसार आज सोमबार रातिदेखि सुदूरपश्चिमतिर बादल लाग्ने तथा पहाडी भूभागमा पानी पर्नसक्ने सम्भावना रहेको छ।
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
धनगढीः बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ।बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एवं अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा बडीमालिका फैलिएको छ। बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ८ सय ३३ जनाले मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । अहिलेसम्म यहाँ मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको छ । स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र […]
नागरिक रैबार। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् । त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। बाजुराका एक किसोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कन्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षिया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ। सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्। कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए।संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् । २०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा […]
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको […]