होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र […]
नागरिक रैबार। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् । त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। बाजुराका एक किसोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कन्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षिया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ। सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्। कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए।संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् । २०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा […]
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको […]
नागरिक रैबार/बाजुरा १७ असाेज। जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा निर्माण गरिएको १० शैप्याको अस्पतालको भवन पुर्व परराष्टमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने भएका छन् । गाउँपालिकाको केन्द्रमा निर्माण गरिएको १० शैप्याको अस्पताल भवन निर्माण भएको हो । २०७८ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका […]
काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर्षा भइरहेको छ। केही स्थानमा भने मौसम सफा छ। कोशी प्रदेश र बागमती […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका […]
काठमाडौँ । अदालतको मानहानी ठहर भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् । सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय […]
काठमाडौं – असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार काभ्रे, सिन्धुली, […]
काठमाडौँ । झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ। पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको शव […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका […]
काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरेर एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सेवा दिने गरि आइतबार (हिजो) बाट एम्वुलेन्स सेवा संचालनमा ल्याएको हो । नगरभित्रका दुर्गम ठाउँका विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन थप सहयोग होस भन्ने उदेश्यले नगरपालिकाले एम्वुलेन्स खरिद गरेर आइतबारबाट सेवा संचालनमा ल्याएको […]
काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय ७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन […]