होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन भएको शिविरमा ५ सय बढीले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाइटी, सुरक्षित परियोजना नेपाल र खप्तड छेडेदह गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा ५ सय ९ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका तथा अपाङ्गता बिरामीहरुका लागि […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी राजमार्गको अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएका छन् । आइतबार विहान धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको बसले ठक्कर दिदा बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले […]
नागरिक रैबार/बाजुरा २ फागुन । जिल्लाको हिमाली गाउँपालिकाका विभिन्न वडाका गाउँगाउँमा विद्युतको पहुँच पुगाउनका लागि लाईन विस्तार गर्ने काम धमाधम भईरहेको छ । हिमाली गाउँपालिका–६ को धिम, बोल्डिक र १, २ र ३ नम्वर वडाका गाउँ– गाउँमा विद्युतको लाइन विस्तार गर्ने गरी धमाधम काम भईरहेको छ । अवको केही महिनाभित्र यहाँका नागरिकहरुलाई विद्युतको पहुँचमा ल्याउनका […]
काठमाडौं– आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काेका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय […]
धनगढी – नेकपा एमालेबाट विद्रोह गरेका डा. भीम रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’का साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन् । पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले रावललाई पुस १० गते पार्टीको सङ्गठित सदस्य नै नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले […]
नागरिक रैबार/बाजुरा २९ माघ। बाजुराबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार बढी परिक्षार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने उक्त परिक्षामा बाजुराबाट नियमित र ग्रेडवृद्धि तर्फ गरी करिव ३ हजार १७ विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ । शिक्षा विकास तथा समन्वय […]
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि होटलमा बोलाएर कुटपिट र चक्कु प्रहार भएको छ । सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो । पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार […]
नागरिक रैबार/बाजुरा २६ माघ। गौमुल गाउँपालिकामा बाटोमै सुत्केरी भएकी एक महिला र नवजात शिशुको महिला स्वास्थ्यकर्मीले उद्धार गरेका छन् । शुक्रबार गाउँपालिकाको वडा नम्बर ३ ग्रजे गाउँकी २२ बर्षिया सिर्जना बोहराले बाटोमै नवजात शिशुलाई जन्मदिएको खबर पछि माझपालि आधारभुक्त स्वास्थ्य केन्द्रबाट स्टेचर लिएर सुत्केरी महिलाको उद्धार गरेर स्वास्थ्य संस्था ल्याएको स्टाफ नर्स सिता खडकाले बताएकी […]
चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । बुधबार अदालतले लामिछानेकाे मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेकाे हो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई […]
काठमाडौँ । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका छन्। भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकनजिक सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले घटनास्थलमा प्रहरीले सिल गरी अनुसन्धान सुरु गरेको छ ।
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुरा जिल्लाका ७ हजार ८ सय ९४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत बाजुराका ९ वटा पालिकामा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप […]
नागरिक रैबार/बाजुरा ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ सोहि गाउँपालिका ५ बिच्छयाका गौरी मलालको घरमा आगलागी हुँदा करिव ८ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । विहिबार साँझ खाना पकाउनका लागि घरभित्र बालेको आगोले घर पुरै जलेर नष्ट भएको […]
महोत्तरी– निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेको स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेको अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेको उनको भनाइ छ । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको […]
नागरिक रैबार/बाजुरा २६ पुस ।बाजुराकाे सदरमुकाम मार्तडी देखि काेल्टी सम्म नियमित चल्ने गरि आजबाट बससेवा संचालनमा आएकाे छ । मार्तडी-काेल्टी सडक सिलान्यासकाे २५ वर्षपछि उक्त सडकमा आजबाट संचालन हुने गरि बस सेवा सूरू गरिएकाे हाे । २०५६ सालमा मार्तडी देखि काेल्टीसम्मकाे करिव ४२ किलाेमिटर सडक २२ वर्षपछि स्तराेन्नति गरिएकाे थियाे। सदरमुकाम मार्तडी बजारबाट चुथिसम्म ९ […]
चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्। उनले चार करोड हाराहारी मूल्यमा घर किनेको बुझिएको छ। सामाखुसीमा भाडाको घरमा बस्दै आएकी शान्तिश्रीको परिवार छिट्टै आफ्नै घरमा सर्ने तयारी छ। शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। […]
नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र […]