होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् । खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार […]
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका […]
११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ […]
जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा […]
दशैँको टिका र जमरा आज (मंगलबार) पनि लगाइँदैछ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ। दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप […]
दिलनिसानी मगर । खास त यसरी जोत्नु पर्छ हलो, यसरी रोप्नु पर्छ धान, यसरी काट्नुपर्छ घाँस, यसरी मस्काउन पर्छ भाँडा भनेर सिकाउनु पर्ने हो। तर आज यसरी गर्नुपर्छ नेताको चाकडी भनेर लेख्दैछु। यो कुनै जीवन उपयोगी सीप त हैन तर जीवन जिउने कलाचाहिँ पक्कै हो । नेपालको शक्ति केन्द्रसँग चाकडीको थरीथरीका नमूनाहरू ठोक्किन पुग्छन् र […]
नागरिक रैबार/बाजुरा १० कार्तिक। भिरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि नेकपा बडीमालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले आर्थिक सहयोग गरेका छन् । नेकपा वडा ९ नम्बर वडा कमिटीका अध्यक्ष विकले चंदाराको उपचारका लागि रु चारहजार आर्थिक सहयोग गरेका हुन् । घाईते चंदाराको घरको आर्थिक अवस्था […]
नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ। तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ। कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्। जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट गर्भपतन गराइन्। गर्भमा रहेको भ्रुणको […]
काठमाडौँ । पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । शर्माकी […]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने […]
पोखरा । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् । पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । कोभिड–१९ […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय नाघेको छ । शनिबार प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार २ सय ६४ पुगेको जनाएको छ । सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितको गाउँ खाली हुँदै नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । काँग्रेस सभापतिको गाउँबाट काँग्रेसकै सक्रिय कार्यकर्ताहरु पार्टी छाडेर नेकपामा प्रवेश गर्न थालेपछि पार्टी सभापति पण्डितलाई ठुलो झट्का लागेको छ । नेकपा बडीमालिका १ वडा संगठन कमिटीले गत असोज ५ गते वडामा आयोजना गरेको दोस्रो […]
टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागेर कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कएकी हुन् । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात […]
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
गए सालको दशैंमा ।कोटेश्वरको माइक्रो बस काउन्टरहरुमा दुई चक्कर लगाइसक्दा हातगोडा फतक्कै गलिसकेको थियो । चर्को घाम, पेट्रोलको धुँवा र धुलो, मान्छेको भिड । पान दोकान जस्तो काउन्टरमा मुस्किलले टाउको छिराएर सोधें, ‘बिर्तामोडसम्मको भए पनि हुन्छ, टिकट छ ?’ काउन्टरका मान्छे मालपोतका कर्मचारी भन्दा पनि बढी भाउ खाएका । वाक्य फुटे त के ? हेर्दा […]
काठमाडौँ: आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]
डोटीः जिल्लाको जोरायल गाउँपालिका–२ को बिकट बस्ती पनालीगैरामा वर्षौपछि शुद्ध खानेपानी पुगेको छ । उक्त गाउँका दलित समुदायमा निर्माण सुरु गरेको लामो समयपछि शुद्ध खानेपानी पुगेको हो । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुशी भएका छन् । सो गाउँपालिकाको ३५ प्रतिशत बजेट, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल २९ लाख […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। रानीबन स्पोर्ट क्लवद्धारा आयोजित सेबन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको छ । बडा दशैं तथा शुभ दिपावली २०७७ को अवसरमा रानिवन स्पोट्र्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको हो । कार्तिक १ गतेबाट बाजुरा क्याम्पसमा संचालन भएको उक्त प्रतियोगितामा २४ टिम मध्ये […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]