होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः राष्ट्रिय राजनीति र एमालेभित्रको विवादको असरबाट सुदूरपश्चिम सरकार अछुतो छैन। जुन कारण प्रदेश सरकार सुरक्षित पनि छ र छैन पनि। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको विवाद उस्तै छ। हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। एमालेको ओली पक्ष प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर […]
विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् । परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् । उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले […]
९ जेठ, काठमाडौँ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड […]
९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’ उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धाराण २८२ को उपधारा (१) बमोजिम रेग्मीलाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् । त्यस्तै, जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा […]
ओखलढुङ्गा– युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ । […]
९ जेठ, किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ […]
९ जेठ, काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले […]
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खुलासा गरेका छन् । यद्यपी त्यस्तो धम्की र दवाव कसबाट आएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो […]
८ जेठ, काठमाडौं । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ । शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । […]
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । तर कोरोना माहामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र […]
नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । हाल देशभर १ लाख १५ हजार ८०६ […]
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान […]
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट […]
नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो । खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले एक […]
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘मिलिभगत’मा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय हुनका साथै विधिको शासनका दृष्टिले असंवैधानिक समेत रहेको टिप्पणी गरेको छ । आफ्नो अहम् सिद्धिका लागि प्रधानमन्त्री ओलीले देखाएको हठबाहेक प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणा कुनै दृष्टिले पनि उचित र सान्दर्भिक नरहेको समाजले प्रस्ट पारेको […]