होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कालीकोट — कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि आपतविपद् आएको समयमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकटको समयमा अनियमिता भयो भनेर लान्छना नलगाउन आग्रह गरे। ‘जेमा पनि अनियमिता भयो भनेर लान्छित गर्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन्, म त्यो प्रवृत्ति नबग्न आग्रह गर्न चाहन्छु।’ […]
भीमदत्तनगर : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब एक अर्ब मूल्य बराबरको क्षति भएको छ। मन्त्रालयका प्रवक्ता एवं […]
२७ जेठ, काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
२७ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योलता अब धेरै दिन नरहने बताएका छन् । मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’ कोभिड– १९ का कारण कक्षा १० ११ र १२ तथा […]
२७ जेठ, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलिँदा सर्वसाधारणहरुले भने सास्ती पाएका छन् । सरकारले १८ जेठयता लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गर्दै आएको छ । लकडाउन ३२ जेठसम्म तोकिए पनि त्यसभन्दा अगाडि नै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी थियो । लकडाउन लम्बिदै गएपछि व्यापारीहरुले पसलहरु भने खुला गरेका थिए । साना […]
२७ जेठ, काठमाडौं । नेपाली सेनाले माओवादी द्वन्द्वका बेला सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर अझै विस्थापित हुन सकेको छैन । तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङले आर्थिक ०६६/०६७ बाट १० वर्षे परियोजना बनाएर बंकर विस्थापित गर्ने योजना अघि सारेका थिए । तर, हालसम्म ५७ प्रतिशत संरचना मात्र निर्माण भएका छन् । पर्याप्त बजेट विनियोजन नहुँदा […]
२६ जेठ, पोखरा । पोखराको कोभिड अस्पतालमा आइतबार राति मृत्यु भएका ६० वर्षीय पुरुषको शव अझै व्यवस्थापन हुन सकेको छैन । आइतबार राति करिब साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु भएको करिब १५ घन्टासम्म शव आइसोलेसन कक्षमै राखिएको छ । ‘स्थानीय तह, प्रशासन र आर्मीलाई शव व्यवस्थापनको जिम्मा दिइएको छ । […]
काठमाडौँ — उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित अस्पतालको सेवा नियमानुसार दुई घण्टाभन्दा बढी बन्द गर्न पर्दैन । कोभिड–१९ निर्देशिकाले नै संक्रमित बसेको वार्ड वा कोठा दुई घण्टाभित्र सफा गरेर पुनः सञ्चालनमा ल्याइनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, यहाँ संक्रमित भेटिएका अस्पताल पाँच दिनसम्म पनि बन्द गरिएको पाइएको छ । ‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्ने भन्ने […]
२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त […]
‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले कान्तिपुरसँग भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’ साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, […]
नागरिक रैबार/बाजुरा २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ । प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ […]
काठमाडौँ — सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता […]
काठमाडौँ २३ जेठ । — रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रबारको […]
नागरिक रैबार/बाजुरा २३ जेठ। सरकार ! दुरपति शार्की बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ स्थिति माईती गाउँमा बस्ने एक आम दलित महिला नागरिक हुन यो होईनन् ? यो गम्भीर प्रश्न हो । खप्तड छेडेदह गाउँपालिकाको दलित समुदाय माईती घरको छाप्रोमा बस्ने दुई सन्तान कि आमा हुन्, दुरपति । छोरी मना शार्कीको उमेर २५ […]
उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई आफ्नो वास्तविक मुखुन्डो खोल्न बाध्य पारिदिएको छ। रुकुम नरसंहार यस्तो बेला भयो, जतिबेला नेपाली समाजको विविधताबारे बहस हुन छाडिसकेको थियो भने विभेद त झन्डैझन्डै सबै ठीकठाक भएजसरी प्रस्तुत हुन सरकारलाई असहज, अप्ठ्यारो र लोकलाज फिटिक्कै थिएन। जसोजसो सरकार र समाज सोहीबमोजिम नाच्ने नै भयो। गरिबी, […]
सन्ताेष परियार । विचार । २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको मकरतन्त्रबाहेक खासै निरंकुशतन्त्र भोग्नुपरेन । हामीले बहुदलीय प्रजातन्त्रसँगै हुर्कने मौका पायौं । २०४७ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली समाज फराकिलो भएको विश्वास सबैलाई थियो । जात, धर्म, भूगोल र लिंग लगायतका विशिष्टतामा विभक्त नेपाली समाजले मौलिकतासहित ‘राष्ट्रिय’ हैसियत पाउने र राष्ट्र निर्माणमा बराबर सहभागी हुने आशा […]
काठमाण्डाैँ २२ जेठ । अन्तरजातीय विवाहको विषयमा रुकुम पश्चिममा ६ जनाले ज्यान गुमाएको घटनाको अनुसन्धानमा सिंगाे दलित समुदायले संशय व्यक्त गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्तसहित विभिन्न अधिकारवादी सङ्घसंस्थाहरूले उक्त घटनाको निन्दा गर्दै नेपालले निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन्। घटनापछि आन्दोलनमा उत्रिएको दलित समुदायले हाल सरकारले गठन गरेको अनुसन्धान गर्ने निकायमा नागरिक […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, […]