होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ फागुन।बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । २०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर आईसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । हालसम्म ४ हजार कार्डहरु लिएको भएपनि अझैं साढे १० […]
नागरिक रैबार/बाजुरा ८ फागुन । बाजुराको बुढीगगंगा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट आएका योजनाहरू कार्यान्वयन नगर्ने भएको छ। नगरपालिकाले ससर्त अनुदानका योजनाहरू फिर्ता पठाएको हो। आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकारका ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको छ। नगर कार्यपालिकाको बैठकले निर्णय गर्दै प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न १७÷१८ वटा आयोजनाहरू कार्यान्वयन गर्न नसकिने भन्दै फिर्ता […]
नागरिक रैबार/बाजुरा ७ फागुन। नेकपा एमाले बाजुराले एमाले बाजुराले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएकाे छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा बुधवार मार्तडीस्थित पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाएकाे हाे । २००७ साल फागुन […]
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]
मुगु । रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख […]
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी भएको बताए । ‘सांस्कृतिक कुराले धनी सुदूरपश्चिम अतिथिको संस्कारमा पनि धनी छ’ प्रदेश प्रमुख मियाँले भने ‘भौगोलिक रुपमा पनि हिमाल, पहाड, […]
बागलुङ। यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । कृषि ज्ञान […]
काठमाडौं : प्रहरीले युवकलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए। असइ भुजेलले एक सर्वसाधारण युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि […]
काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । ओलीले एनपीएलमा सहभागी सबै टिम र […]
नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ । सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् […]
धनगढीः बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ।बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एवं अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा बडीमालिका फैलिएको छ। बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने […]
कात्तिक,बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् […]
काठमाडौं : यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका […]
नागरिक रैबार/ बाजुरा ११ असाेज। राष्ट्रपति रामचन्द्र पाैडेल नाटेश्वरी मन्दिर उद्घाटनका लागि बाजुरा आउने भएका छन् । बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित नाटेश्वरी मन्दिरको समुद्घाटन गर्नको लागि राष्ट्रपति पाैडेल असाेज २१ गते बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा नम्बर ७ […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । ‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह […]
काठमाडौं । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् । १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।इलाममा एमालेका सुहाङ […]