होमपेज केही सेकेण्डमा लोड हुनेछ। 5
Advertisement area
काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पारे । “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो । काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ बजे बस्ने जनाइएको छ । बैठकमा विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, समसामयीक राजनीति, बडादशैँको शुभकामना आदानप्रदानलगायत विषयमा छलफल हुनेछ । यस्तै, आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको बारेमा पनि छलफल हुने बताइएको छ ।
नागरिक रैबार/बाजुरा २२ असाेज।नेकपा एमाले जिल्ला कमिटी बाजुराले बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार मार्तडीमा एक औपचारिक कार्यक्रमका विच जिल्ला कमिटी बाजुराले बडा दशैं, शुभ दिपावली र छठ पर्वलाई सभ्य, भव्य र मर्यादित भएर मनाउन पार्टी मार्फत जिल्ला बासीलाई सन्देश दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको पार्टी सचिव […]
काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।
धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ। नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो।धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन्। उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन्। सङ्घर्ष समितिले गोदावरी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् ।असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा […]
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । राजधानीमै […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ […]
काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकीयसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो । विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी […]
काठमाडौं : सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारबाट मार्तडीमा सूरु भएको छ । नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आजबाट सूरु मार्तडीमा सूरु भएको हो । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको […]
नागरिक रैबार/बाजुरा ११ असोज।नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो । बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको […]
नागरिक रैबार/बाजुरा ११ असाेज । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन् । नेकपा एमाले बाजुराको भाेलिदेखि संचालन हुने प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली बाजुरा आउन लागेकाे पार्टीका प्रचार विभाग प्रमुख राजन राेकायाले बताएका छन् । उपमहासचिव ज्ञवाली आज साँझ मार्तडी आईपुग्नेछन् । असाेज १२ देखि १४ सम्म संचालन हुने पार्टीको प्रशिक्षण […]