होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपाभित्र गण्डकीबाहेक ६ वटा प्रदेशमा ओली समूह कमजोर देखिएको छ । पार्टी विभाजन हुँदा अल्पमतमा पर्ने मुख्यमन्त्रीहरूले सरकार जोगाउन कांग्रेस र साना दलको साथ लिनैपर्ने देखिएको छ । हालका मुख्यमन्त्रीलाई हटाएर सरकार गठन गर्न प्रचण्ड–नेपाल समूहले पनि कांग्रेस र साना दलकै साथ लिनुपर्नेछ । प्रदेश–१ का मुख्यमन्त्री संकटमा प्रदेश–१ मा नेकपा पार्टी कमिटी र प्रदेश सभा दुवैमा प्रधानमन्त्री […]
काठमाडौँ — तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलत: तत्कालीन एमाले फुटेको छ । टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमाले भनेर चिनिने मूल नेतृत्व […]
चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो । पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घर परिवार […]
८ पुस, पोखरा । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए । अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने […]
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक […]
२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी […]
काठमाडौं । मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बसे । बिहान नौ बजे बालुवाटारमा आयोजित बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरे भने मध्यान्ह बबरमहलमा भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरे । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थपेको र पार्टी प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई चयन गरेको घोषणा गर्यो । प्रचण्ड समूहले […]
काठमाडौं । नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र बिग्रहको बाटो सच्याउने गरी २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक (नेकपा एमाले र माओवादी केन्द्र) बीच भएको एकीकरण २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रामा विभाजित भएको छ । […]
काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए । चुनावपछि दुबैले पार्टी एकीकरण गरे र शक्तिशाली सरकार बनाए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यो […]
नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई हटाइएसँगै नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ […]
नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, […]
अध्यक्ष केपी शर्मा ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको झलनाथ खनालले प्रस्तावको घोषणा गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् । नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले दुई दिनभित्रै प्रदेशमा भेला गर्ने भएको छ। भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन्। बालुवाटार बैठककाे निर्णयले सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ। त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ। लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको […]
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले […]
७ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ । सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।
७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे । साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ । थापाथलीस्थित कार्की पार्टी […]
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे । प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले […]