होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै […]
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’ ती स्रोतले बताए अनुसार, […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो […]
नागरिक रैबार/बाजुरा २५ जेठ। राष्ट्रिय दलित पत्रकार संघ बाजुरा शाखाले २०८२ सालको भित्रेपात्रो विमोचन गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमका बीच २०८२ सालको भित्रेपात्रो विमोचन गरेको हो। बडीमालिका नगरपालिकाकी उप–प्रमुख नन्दा कुमारी थापाले भित्तेपात्रो पढेर औपचारिक रूपमा विमोचन गरेकी हुन्। भित्तेपात्रो विमोचन कार्यक्रम संघका अध्यक्ष धनरुप कामीको अध्यक्षतामा सम्पन्न भएकाे छ । बडीमालिका […]
काठमाण्डाै २५ जेठ– एमाले स्थायी समिति सदस्य कर्ण थापाले पार्टीले सामाजिक सञ्जालमा चलाएको झोले अभियान निन्दनीय भएको टिप्पणी गरेका छन् । एमाले राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट थापाले उक्त अभियानलाई लज्जास्पद र कम्युनिष्ट आन्दोलनविरोधी ठूलो षड्यन्त्रका रुपमा अथ्र्याए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ भन्ने उक्त […]
धनगढी, जेठ २२ गते । स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्ने कार्यमा अब कडाइ हुने भएको छ । प्रदेश सरकारले केही दिनअगाडि मात्रै बनाएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो । स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घरपरिवारका सदस्य, आफन्त, […]
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा […]
बझाङमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । सुदुर पश्चिम का अन्य जिल्ला बाजुरा अछाममा आयोजना गरेको कार्यक्रम सकेर बझाङमा २६गते हुने जागरण सभा को आयोजना हुने भएको हो । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको […]
काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम […]
नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । जातीय भेदभाव […]
काठमाडौं : आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस […]
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ। एमालेले […]
काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ […]
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि […]
नागरिक रैबार/बाजुरा १० जेठ। रिटर्नी फेडेरेसन नेपाल बाजुराको द्रोसो अधिबेशन मार्तडीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट इन्द्र बहादुर धामिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।
काठमाडौं–गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ। अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्। रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले जानकारी दिएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको निवेदनमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार दिउँसो बहस सकिएको हो । बहस सकिएसँगै दुवै पक्ष आदेश कुरिरहेका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए । देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए […]
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको […]
राजेन्द्र विक बाजुरा,३०बैशाख। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन सम्पन्न भएको छ। गाउँ कमिटिको तेस्रो सम्मेलनबाट माओवादी केन्द्र बाजुराका पुर्व जिल्ला कमिटी सदस्य सदन बि.क अध्यक्ष रहनेगरी २५ जनाको गाउँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष मान बहादुर धामी ,उपाध्यक्ष टिक बहादुुर रावत,उपाध्यक्षजानकि खड्कासचिवमा पदम बहादुर रावत,सहसचिव- गोरख […]