होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० माघ।नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशनको उद्धघाटन् आज हुने भएको छ । आज हुने उक्त नगर कमिटीको अधिवेशनको उद्धघाटन् पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने एमाले बडीमालिका नगर कमिटीका सचिव राजेश पायल विकले बताएका छन् । बडीमालिका नगर कमिटीको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा आजबाट संचालन हुने भएको छ । आज दिउसो १ बजे कोल्टीका लागि मार्तडीबाट बस सेवा संचालन गरिने बुढीनन्दा नगरपालिकाले बताएको छ । आज पहिलो दिन महाकाली यातायातको एक बस मार्तडीबाट कोल्टीका लागि पठाइने महाकाली यातायात प्रालिले जनाएको छ । आज पहिलो दिन मार्तडीबाट कोल्टीसम्म नि:शुल्क बसमा […]
नागरिक रैबार/बाजुरा २२ पुस । बाजुराको बडीमालिका नगरपालिका २ घागरका बाढीपीडितले चार वर्षवितिसक्दा पनि राज्यबाट राहत पाउन सकेका छैनन् । २०७७ साउन २५ गते राति एकजनाको ज्यान जानेगरी बुढीगंगा नदीमा आएको बाढीबाट पीडित बनेका परिवारले चार वर्ष वितेको भएपनि राहत पाउन नसकेका हुन् । बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २, ४ र ६ नम्वर […]
नागरिक रैबार/बाजुरा १६ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आज पुस १६ गते शोक विदा दिएको छ । पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत धर्मराज खत्रीको सम्झनामा पुस १६ गते एक दिन शोक विदा दिएको हो । नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका […]
नागरिक रैबार/बाजुरा १५ पुस। बाजुराको बडीमालिका नगरपालिका- ७ का ३० वर्षिया स्वास्थ्यकर्मी धर्म खत्रीको मृत्यु भएको ५ दिनपछि आज अन्त्येष्टि गरिएको छ । पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत रहेका खत्रीको आज सोमबार हिन्दुपरम्परा अनुसार गाउँमै अन्तेष्टि गरिएको हो । घटना भएको दिनदेखि धनगढीको सेति […]
नागरिक रैबार/बाजुुरा १५ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा ११ पुस ।मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ । बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि मृत्यु भएको हो । पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ […]
नागरिक रैबार/बाजुरा ९ पुस। सोमबार रातिदेखि बाजुराका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जिल्लाकाे पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका उच्च लेकाली भेगमा हिमपात भएको हाे। वर्षासंगै बादल लागेपछि सदरमुकाम मार्तडीमा जाडो बढेको छ । भने करिव २ सातापछि वर्षा भएपछि […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ८ अन्तरगत हिलटप होटल देखि डिआर मष्ट, पाल्त बसपार्क, वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामंच सम्मको मार्तडी […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा भोरजराज उपाध्याय निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न भएको वडा कमिटीको तेस्रो वडा अधिवेशनबाट पाध्याय निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि दोस्रो अधिवेशनबाट उपाध्यक्ष बनेका उपाध्याय तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा धनसरा विष्ट, […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको तेसा्रो वडा अधिवेशन सूरु भएको छ । नेकपा एमाले नम्वर वडा कमिटीको कार्यवाहक वडा अध्यक्ष भोजराज पाध्यायको अध्यक्षतामा तेस्रो वडा अधिवेशन सूरु गरिएको हो । वडा कमिटीको तेस्रो वडा अधिवेशनलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले उद्धघाटन् गरेका छन् । […]
नागरिक रैबार/बाजुरा ५ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर-३ मा रहेको चोयाकोट मावि ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमका लागि छनोट भएको छ । सुनसरी जिल्लामा रहेको सजिलो शिक्षा संस्थाले हालै सार्वजनिक गरेको ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्तरगत बाजुराको चोयाकोट मावि एकसय ८० विद्यालय मध्ये १० औं नम्वरमा छनोट भएको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बाजुरामा पुगेर फर्किएका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, बझाङ र डाेटीमा आयाेजना हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन् सांसद पराजुली साेमबार बाजुरा पुगेका थिए । काठमाडौ क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद तथा रास्वपाका केन्द्रिय नेता समेत रहेका पराजुली पहिलाेपटक बाजुरा आएका […]
नागरिक रैबार/बाजुरा १ पुस । बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो । गाउँबाट एसएलसी सम्मको पढाई सकेर […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ । भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा […]
बाजुरा ३०मंसिर । भारतको मुम्बई बाट बडीमालिका नगरपालिका वडा नम्बर ६ कि एक महिला ३ बर्षिया छोरी साथमा लिएर परपुरुष संग फरार भएकी छन् । बडिमालिका ६ कोर्धका रमेश मिजारकी अन्दाजी २४ बर्षिया श्रीमती सरिता मिजार र सोही ठाउँका अन्दाजी २५ बर्षिया विक्रम चदारा भारतको मुम्बई बाट फरार भएका स्थानिय अलिस जङ मिजारले बताए। घरमा […]
नागरिक रैबार/बाजुरा २३ मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटनामा परेर घाईते भएका थप एकजनाकाे मृत्यु भएकाे छ । आईतबार दिउसाे मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकि कन्चनपुरकाे भिमदत्त नगरपालिका १८ कि ५२ वर्षिया राधिका भट्टकाे उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएकाे हाे । याे संगै दुर्घटनामा परेर २ जनाकाे मृत्यु भएकाे हाे । […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकाहरूकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ । आईतबार दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट घाईते भएका थिए । आईतबार दिउसाे सु.प.प्र. […]
नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ […]
नागरिक रैबार/ बाजुरा २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।